Trending

सांसदको सपथ लिएपछि असिम शाहले भने- सबै चलचित्रकर्मीलाई भेटेर प्राथमिकता तय गर्छु

1.1kViews
0 Shares

काठमाडौं  पुष ७

 फिल्म निर्माता तथा निर्देशक असिम शाहले प्रतिनिधिसभा सदस्यको रुपमा बिहीबार सपथ ग्रहण गरेका छन् । सांसदको सपथ लिन उनी बुवासँग संघीय संसद भवन, बानेश्वर पुगेका थिए ।

राष्ट्रिय पोशाक दौरा सुरुवालमा ठाँटिएका उनले नेपाली भाषामा सपथ लिए । मुस्लिम धर्मावलम्बी भएकाले ईश्वरको नामको ठाउँमा अल्लाह भनेर उनले सपथ लिए । मुस्लिम समुदायबाट उनी राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद चुनिएका हुन् ।

प्रतिनिधिसभा सदस्य बन्ने उनी चलचित्र क्षेत्रका एक्ला व्यक्ति हुन् ।

सांसदको सपथ लिएपछि उनले सबै चलचित्रकर्मीलाई भेटेर यसक्षेत्रको प्राथमिकता तय गर्ने बताए । ‘चाहे निर्माता, निर्देशक वा हलवाला नै किन नहोस्, उहाँहरु सबैलाई पालैपालो भेट्छु,’ शाहले अनलाइनखबरसँग भने, ‘सबैलाई भेटेर यो क्षेत्रको प्राथमिकता तय गर्छु ।’

साथै उनले आफूले कुन आवाज उठाउँदा यस क्षेत्रको प्रतिनिधित्व हुन्छ भनेर विचार गर्ने बताए । ‘सबैभन्दा पहिला हामी कहाँनेर अप्ठ्यारोमा परेका छौं, कुन कानुनले हामीलाई गाह्रो बनाइराख्या छ । मैले के आवाज उठाउँदा ठीक हुन्छ भनेर काम गर्छु,’ उनले भने ।

असिमले निर्देशन गरेको फिल्म ‘दुई रुपैयाँ’ सफल व्यावसायिक फिल्म हो भने उनले निर्माण गरेको ‘कर्कश’ पनि राम्रो चलेको थियो । उनी सांसद भने पनि उनको कम्पनी जी–ट्वान्टीवान प्रोडक्सनले बनाउन लागेको फिल्म ‘डामाडोल’लाई आसिफ शाहले निर्देशन गर्ने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय