Image

सांघाई सहयोग बैठकमा पुटिन र मोदीबीच के विषयमा छलफल भयो ?


काठमाडौं, २ असोज ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । उज्बेकिस्तानको समरकन्दमा भएको सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनको छेउमा भएको वार्तामा युक्रेन युद्धलगायत समसामयिक विषयमा छलफल भएको रुसी प्रशासन केन्द्र केमलिनले जनाएको छ ।

उज्बेकिस्तानमा भएको क्षेत्रीय सुरक्षा ब्लक शिखर सम्मेलनको छेउमा शुक्रबार भारतीय प्रधानमन्त्री मोदीले पुटिनलाई भने, ‘ मलाई थाहा छ कि आजको युग युद्धको युग होइन र मैले तपाईसँग यस बारे टेलिफोनमा छलफल गरेको छु’,उनले लोकतन्त्र, कूटनीति र संवादले विश्वलाई एकताबद्ध बनाएको बताए ।

जबाफमा पुटिनले युक्रेनले वार्ता अस्विकार गरेको र आफ्नो उदेश्य ‘युद्ध मैदानमा ’ प्राप्त गर्न चाहेको बताएका थिए । उनले मोदीलाई भने, ‘मलाई युक्रेनको द्वन्द्वमा तपाईंको स्थिति थाहा छ । तपाईंहरूले निरन्तर व्यक्त गर्नुभएको चिन्ताको बारेमा मलाई थाहा छ।’सो अवसरमा रुसी राष्ट्रपति पुटिनले मोदीलाई युक्रेन द्वन्द्व बारेमा नयाँ दिल्लीको चासो बुझेको र यसलाई जति सक्दो चाँडो अन्त्य गर्न चाहेको बताएका थिए

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *