• Home
  • खेलकुद
  • सहिद स्मारक ए डिभिजन लिगःआज तीन खेलहरु हुँदै
Image

सहिद स्मारक ए डिभिजन लिगःआज तीन खेलहरु हुँदै

काठमाडौं, चैत १ गते । आज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा तीन खेलहरु हुँदैछन् । आज लिगको चौंथो चरण अन्तर्गतको खेलहरु हुन लागेको हो ।
जसमा एक खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र दुई खेल दशरथ रंगशालामा हुनेछ । एन्फा कम्प्लेक्समा संकटा क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुँदा दशरथ रंगशालामा जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबको सामना गर्दैछ ।

दुवै खेल दिउँसोे २ः३० बजे सुरु हुनेछ । संकटा आज दोस्रो जितको खोजीमा छ । नवप्रवेशी चर्च ब्वाइज भने लगातार चौंथो जितको खोजीमा रहेको छ । जावलाखेल तेस्रो जित निकाल्ने योजनामा रहेको छ भने फ्रेन्ड्स पहिलो जितको खोजीमा रहेको छ ।

रंगशालामा हुने दोस्रो खेलमा मछिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् । पुछारका दुई टोलीबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । साविक विजेता मछिन्द्र र पुलिस दुवै पहिलो जितको खोजीमा रहेका छन् ।

संकटा ४ अंकसहित आठौं स्थानमा रहँदा फ्रेन्ड्स १ अंकसहित १२ औं स्थानमा रहेको छ । त्यस्तै मछिन्द्र ३ खेलमा १ अंक जोडेर १३ औं स्थानमा रहेको छ भने पुलिस पहिलो अंकको खोजीमा रहेको छ ।

Related Posts

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *