• Home
  • समाचार
  • सशस्त्र प्रहरी बललाई हतियार तथा एम्युनिशन हस्तान्तरण
Image

सशस्त्र प्रहरी बललाई हतियार तथा एम्युनिशन हस्तान्तरण

काठमाडौं, २७ चैत

नेपाली सेनाले ५९० नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामग्रीहरु सशस्त्र प्रहरी बल, नेपाललाई हस्तान्तरण गरेको छ ।

सैनिक मुख्यालय जंगी अड्डामा आइतबार एक कार्यक्रमको आयोजना गरी ती हतियार सशस्त्र प्रहरील बललाई हस्तान्तरण गरिएको थियो ।

प्रधान सेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक शैलेन्द्र खनाललाई ती हतियार हस्तान्तरण गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार आज हस्तान्तरण गरिएका हतियारमा इन्सास राइफल ५ सय नाल र लाइट सपोर्ट विपन ९० नाल रहेको छ । ती हतियारलाई आवश्यक पर्ने उम्युनिशन लगायतका सामाग्री पनि हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।

सशस्त्र प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठुला कार्यक्रमहरु संचालन गर्ने प्रयोजनका लागि यही चैत्र २४ गतेको मन्त्रिपरिषद्ले सहयोग स्वरुप हतियार उपलब्ध गराउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्ले नेपाली सेना मार्फत सहयोग स्वरुप ईन्सास राइफल नाल ९ हजार र लाइट सपोर्ट विपन १ हजार ६ सय गरी कुल १० हजार ६०० नाल हतियार उपलब्ध गराउने निर्णय गरेको थियो ।

सोही अनुरुप आइतबार पहिलो चरणमा हतियार हस्तान्तरण गरिएको हो ।

‘बाँकी हतियार तथा एम्युनिशन क्रमशः हस्तान्तरण गरिदै लगिनेछ । यसबाट सशस्त्र प्रहरी बलको क्षमता अभिबृद्धि हुनुको साथै सुरक्षा निकायहरुबीचको सम्बन्ध समेत थप बलियो हुने विश्वास नेपाली सेनाले लिएको छ,’ निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ६ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ६ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *