• Home
  • राजनीति
  • सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जनाका सम्बन्धमा उजुरी माग
Image

सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जनाका सम्बन्धमा उजुरी माग

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत संसदीय सुनुवाइ समितिमा शुक्रबार सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि टुंगो लागेका ६ जनाका सम्बन्धमा उजुरी माग गर्ने बारेमा छलफल भएको छ ।

समितिको बैठकमा न्यायाधीश पदमा नियुक्त शारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र वरिष्ठ अधिवक्ताको पदका लागि नियुक्त सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालका विषयमा छलफल भएको हो ।

सुनुवाइ समितिको बैठकले न्यायाधीशमा प्रस्तावित व्यक्तिका नियुक्तिको सम्बन्धमा उजुरी माग गर्ने सम्बन्धी सूचना प्रकाशन गर्न समितिसचिवलाई निर्देशन दिएको छ । संसदीय सुनुवाइ समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को नियम २६ तथा संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १३ बमोजिम उक्त निर्देशन दिएका हुन् ।

Related Posts

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *