• Home
  • पूर्वाधार
  • सरकारले लगायाे असार १ देखी भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध
Image

सरकारले लगायाे असार १ देखी भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध

काठमाडौं, २५ जेठ । वर्षायामको समयमा सडक खनेमा कारबाही गरिने भएको छ ।

सडक विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले ‘वर्षायाममा सडक खन्ने स्वीकृति नदिइनेबारे सार्वजनिक सूचना’ जारी गर्दै जबर्जस्ती गरेमा कारबाही गर्ने जनाएको हो ।

जारी सुचना अनुसार आगामी असर १ देखि भदौ मसान्तसम्म सडकमा खन्न पाइने छैन ।

‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत–सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले यही २०६० साल असार १ गतेदेखि २०८० साल भाद्र मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने,’ जारी सुचनामा भनिएको छ, ‘ कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिए‌को छ ।’

Related Posts

लायन्स क्लब अफ काठमाडौं ग्लोबल टाउनद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न

काठमाडौं, साउन १८ – लायन्स क्लब अफ काठमाडौं ग्लोबल टाउनले लायन पुरुषोत्तम दाहाल अध्यक्षतामा आज एक विशेष रक्तदान…

ByByYOUTV Nepal १ वर्ष अगाडि

आजको मौसम तराइका हवाइ उडडयन प्रभावित हुने

काठमाडौं, २६ मंसीर । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम…

ByByYOUTV Nepal २ वर्ष अगाडि

निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसाय मैत्री मौद्रिक निती ल्याएको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै…

ByByYOUTV २ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *