• Home
  • ताजा समाचार
  • सरकारको न्यूनतम साझा कार्यक्रमकाे ‘ड्राफ्ट’ तयार भइसक्याे : विष्णु पाैडेल
Image

सरकारको न्यूनतम साझा कार्यक्रमकाे ‘ड्राफ्ट’ तयार भइसक्याे : विष्णु पाैडेल

काठमाण्डाै  पुस २१

सत्तारूढ गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणको काम भाेलि शुक्रवारसम्ममा सक्ने भएको छ । न्यूनतम साझा कार्यक्रम निर्माणका लागि बनाइएको कार्यदलले शुक्रवारसम्ममा सबै काम सक्ने बताइएको छ । 

आज बिहीवार सञ्चारकर्मीसँग कुराकानी गर्दै उपप्रधान एवम् अर्थमन्त्री तथा कार्यदल संयोजक विष्णु पौडेलले साझा कार्यक्रमको ‘ड्राफ्ट’ तयार भइसकेको जानकारी दिनुभयो । उहाँले सरकारमा सहभागी हुने विभिन्न राजनीतिक दलहरूको सुझावलाई समेट्दै ‘ड्राफ्ट’ तयार भएको बताउनुभयो । उहाँले त्याे ‘ड्राफ्ट’ को दफावार छलफल गरी शुक्रवारसम्ममा सबै काम सकिने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सरकारमा सहभागी हुने विभिन्न दलहरूको सुझावलाई सङ्गठित गर्दै एउटा ड्राफ्ट तयार गरेका छौँ । ड्राफ्टलाई दफावार छलफल गर्दै त्यसलाई अन्तिम रूप दिन्छौँ र त्यसलाई प्रस्तुत गर्छाैँ । भोलि हाम्रो सबै काम सकिन्छ ।’

पाैडेलले आज नेकपा माओवादीका नेता वर्षमान पुन अस्वस्थ भएर आउन नसकेकाेले कार्यदलको बैठक शुक्रवार बिहान ११ बजेका लागि सारेकाे जानकारी दिनुभयाे ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ३ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni १ महिना अगाडि

एन्कर पावर हंगामा २०२६ का विजेताहरू घोषणा, बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार हस्तान्तरण

  काठमाडौं । नेपालमा चार्जिङ तथा अडियो प्रविधिका अग्रणी ब्रान्ड एन्कर (Anker) र साउन्डकोर (Soundcore) ले आफ्नो बहुप्रतीक्षित…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *