समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, कुन दलको मत कति ?

125Views
0 Shares

काठमाडौं, ९ मंसिर 

प्रदेश तथा प्रतिनिधिसभातर्फको मतपरिणाम सार्वजनिक भइरहेको छ । प्रत्यक्षसँगै समानुपातिकतर्फको मतगणनासमेत जारी छ । 

निर्वाचन आयोगको मतपरिणाम विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो स्थानमा पुगेको छ । उक्त पार्टी समानुपातिकतर्फ पाँच लाख ३१ हजार पाँच सय २० मत प्राप्त गरेको छ । प्रत्यक्षमा सात सिट जितिसकेकाे रास्वपाले समानुपातिकमा धेरै मत ल्याउने देखिएकाे छ ।

समानुपातिकतर्फ पहिलो दलका रूपमा एमाले देखिएको छ। एमालेले हालसम्म ११ लाख २१ हजार२२१ मत पाएको आयोगले जनाएको छ । 

दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसले समानुपातिकतर्फ १० लाख ६३ हजार नौ ९५७ मत प्राप्त गरेको छ । चौथोमा माओवादी केन्द्र, पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेको छ ।

निर्वाचन आयोगका अनुसार माओवादी केन्द्रले समानुपातिकमा चार लाख ८६ हजार ९१ मत पाएको छ । राप्रपाले दुई लाख ८० हजार १०५ मत प्राप्त गरेको छ । छैटौंमा रहेको जनता समाजवादी पार्टी (जसपा) र सातौँ स्थानमा नेकपा एकीकृत समाजवादीले क्रमशः एक लाख ३१ हजार ८१० र ८० हजार तीन सय दुई मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
26°
Sunny
5:29 am7:00 pm +0545
Feels like: 28°C
Wind: 5km/h E
Humidity: 74%
Pressure: 1009.48mbar
UV index: 0
7 am8 am9 am10 am11 am
28°C
31°C
33°C
34°C
35°C
WedThuFriSatSun
40°C / 25°C
41°C / 26°C
43°C / 27°C
43°C / 28°C
42°C / 27°C

प्रिय न्युज

Uncategorized

४ दिन अगाडि

लोकप्रिय