For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान मन्त्री चौधरीको निर्देशन
Image

समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान मन्त्री चौधरीको निर्देशन

काठमाडौँ, १ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा समाज कल्याण परिषद्का अध्यक्ष भगबती चौधरीले समाज कल्याण परिषद्लाई डिजिटाइजेशनको प्रक्रियामा अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
समाज कल्याण परिषद्का नवनियुक्त उपाध्यक्ष नन्दलाल माझीको पदभार ग्रहण कार्यक्रमपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । लामो समय ग्रासरूटका काम गरेर आएको व्यक्तिको सिफारिस अनुसार मन्त्रिपरिषद्ले उपाध्यक्ष नियुक्त गरेको बताउँदै मन्त्री चौधरीले आफ्नो कार्यकालमा केही नयाँ काम गरेर देखाउन परिषद्का पदाधिकारी तथा कर्मचारीलाई आग्रह गर्नुभयो ।
परिषद्लाई डिजिटाइजेशन गर्नका निम्ति परिषद्को बोर्ड र कासले निर्णय गरेको भन्दै त्यसलाई अगाडि बढाउन समेत निर्देशन दिँदै मन्त्री चौधरीले आफूले गर्न खोजेको कार्यमा साथ दिन निर्देशन दिनुभयो । ‘परिषद्लाई अझ राम्रो बनाउनका निम्ति मैले केही काम गर्न खोजेको छु, यहाँहरूले त्यसमा साथ दिनुपर्छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘हामीले परिषद्लाई डिजिटाइजेशनमा लैजाने भनेका छौँ । त्यसमा जानका निम्ति निर्णय भएका छन् । भेण्डर आह्वान गर्ने निर्णय गरेका छौँ । त्यसलाई अगाडि बढाउन लाग्नुस् ।’
समाज कल्याण परिषद्लाई नयाँ ढङ्गले सञ्चालन गर्न आवश्यक रहेको भन्दै उहाँले मुलुक संघीय संरचनामा गइसकेपछि प्रादेशिक संरचनामा पनि जान जरुरी रहेको बताउनुभयो ।
जति सक्दो सहज र छिटो छरितो तवरले सेवाग्राहीलाई सेवा प्रवाह गर्नुपर्ने अपरिहार्यता रहेको भन्दै मन्त्री चौधरीले परिषद्को संरचनागत सुधारका निम्ति अगाडि बढ्न निर्देशन दिनुभयो । ‘अहिलेको आवश्यकता अनुसार प्रादेशिक संरचनामा जान जरुरी छ । त्यसरी जाँदा परिषद्को सेवा ग्रासरुटसम्म पुग्छ, मन्त्री चौधरीले भन्नुभयो, ‘परिषद्को संरचनागत सुधारका लागि अगाडी बढ्नुस्, त्यसका लागि यहाँहरूलाई म सहयोग गर्न तयार छु ।’
कर्मचारीको वृत्ति विकास तथा कार्य सम्पादन मूल्याङ्कनमा ध्यान दिन जरुरी रहेको भन्दै उहाँले कर्मचारीबिच विभेदजन्य व्यवहार हुन नहुने बताउनुभयो मन्त्री चौधरीले कर्मचारीको वृत्ति विकास, कार्य सम्पादन मूल्याङ्कन गरी बढुवाका लागि प्रक्रिया अगाडि बढाउन समेत निर्देशन दिनुभयो । ‘कर्मचारीको वृत्ति विकास, कार्य सम्पादन मुल्याङ्कन गरी बढुवाका लागि तत्काल प्रक्रिया अगाडी बढाउनुस्’, उहाँले भन्नुभयो, ‘कर्मचारीबिच विभेद नगर्नुस् । नयाँले पनि पुरानाहरूलाई कामहरू सिकाउनुपर्छ । उनीहरूलाई तालिमको व्यवस्थापन, वृत्ति विकास, कार्य सम्पादन मूल्याङ्कन गर्नुपर्छ ।’
सबैले साथ दिएमा त्यो सफल हुने भन्दै उहाँले छुट्टै कर्मचारी नियमावली ल्याएर पनि कर्मचारीहरूको व्यवस्थापन गर्न सकिने बताउनुभयो । मानव स्रोत व्यवस्थापन तोकेर कर्मचारी व्यवस्थापन गर्न आग्रह गर्दै मन्त्री चौधरीले आवश्यक तालिम, सेमिनार, गोष्ठीको व्यवस्थापन गर्न निर्देशन दिनुभयो ।
परिषद्का पदाधिकारी तथा कर्मचारीहरू मिलेर काम गर्न निर्देशन दिँदै उहाँले एकले अर्काको सम्मान गर्दै अगाडि बढेमा संस्थालाई मर्यादित बनाउन सकिने बताउनुभयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूका कार्यहरू विधिसंम्मत् सहज रूपमा अगाडी बढाउन पदाधिकारी, कर्मचारीहरू एकजुट भएर अगाडी बढ्न समेत उहाँले निर्देशन दिनुभयो ।
पदीय जिम्मेवारी निर्वाह गर्न कर्मचारीलाई निर्देशन दिँदै उहाँले अरूले के गरे भनेर खोतल्दा आफ्नो काम, कर्तव्य र दायित्व नबिर्सन समेत ध्यानाकर्षण गराउनुभयो ।
परिषद् भित्र देखिने विवाद तथा समस्याको समाधान परिषद् भित्रै समाधान गर्न समेत उहाँले निर्देशन दिनुभयो । ‘विवाद र समस्या आएमा सबैभन्दा पहिले परिषद् भित्रै समाधान खोज्नुस् । अनावश्यक रूपमा बाहिर उजुरी गर्ने, प्रमाण बिना बोल्ने कार्य नगर्नुस्, एकले अर्कालाई प्रतिघात गरी अस्वस्थ प्रतिस्पर्धा रोक्नुस् केही समस्या छ भने, यहीँभित्रै समाधान गर्नुपर्‍यो’, मन्त्री चौधरीले भन्नुभयो, ‘विवाद पहिले आफैँले समाधान गर्ने हो । यहाँभित्रको कुरा बाहिर ल्याउने होइन । घटनाको तथ्य पत्ता लगाएर समस्याको समाधान गर्नुपर्छ ।’
आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट समयमै बनाउन परिषद्का कोषाध्यक्षलाई निर्देशन दिँदै उहाँले बजेट, नीति तथा कार्यक्रम बनाउँदा परिषद्का अध्यक्ष, उपाध्यक्ष र सदस्य सचिवसँग परामर्श, सल्लाह, समन्वय गरेर अगाडि बढ्न कोषाध्यक्षलाई निर्देशन दिनुभयो ।
संस्थाको सुधारका निम्ति सबैको सामूहिक प्रयास रहनुपर्ने भन्दै मन्त्री चौधरीले काममा तदारुकता साथ लाग्न समेत निर्देशन दिनुभयो । ‘हामी एउटा टिम हौँ । परिषद्को कास, बोर्ड, विभागीय प्रमुख, महाशाखा, विभिन्न कोषहरू छन् । ती सबै कुरालाई मिलाएर एकजुट भएर संस्थालाई बलियो बनाउन लाग्नुस्, उहाँले निर्देशन दिँदै भन्नुभयो, ‘एनजिओ आइ एनजिओलाई कसरी के भनेर के काम गरिरहेका छन् त्यो कुरालाई ध्यान दिनुपर्छ । सरकारले लिएको लक्ष्य विकास साझेदारहरूले मिट गरेका छन् कि छैनन् भन्ने कुरा ध्यान दिनुपर्छ ।’
पदभार ग्रहण गर्दै नवनियुक्त उपाध्यक्ष नन्दलाल माझीले कर्मचारी भनेको संस्थाको हातखुट्टा भएको भन्दै कर्मचारी र पदाधिकारीबिच एक आपसमा समन्वय भएर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । ‘हामीले काम गरिरहेको प्रक्रियाबाट सेवाग्राही सन्तुष्ट छैनन् । यसलाई अलिकति परिमार्जन गरेर जान आवश्यक छ’, उपाध्यक्ष माझीले भन्नुभयो । परिषद्का विषयमा अझै बुझ्न बाँकी रहेको भन्दै उपाध्यक्ष माझीले एकआपसमा खुसी भएर समन्वयात्मक भूमिका निर्वाह गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । यहाँका कुराहरू बाहिर लैजाने प्रवृत्तिले संस्थाको छविमा दाग लाग्ने बताउँदै उपाध्यक्ष माझीले त्यसखाले प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभयो । सबैको राम्रो कुराहरू लिनुपर्ने भन्दै गलत प्रवृत्तिको अन्त्य हुँनैपर्ने उहाँको भनाई थियो ।
यसैगरी समाज कल्याण परिषद्का कोषाध्यक्ष विनय लामाले सँस्थाप्रति विश्वासको वातावरण तयार गर्नुपर्ने भन्दै संस्थाप्रति बाहिर बढेको गलत कुराहरूलाई निमिट्यान्न पार्नका निम्ति सबै लाग्न आग्रह गर्नुभयो ।
परिषद्का सदस्य सचिव मनोज भट्टले परिषद्ले गर्ने कामहरू निकै संवेदनशील भएकाले हाम्रो देशका निम्ति कुन उद्देश्यले कसरी पैसा आइरहेको छ भन्ने कुरालाई ध्यान दिनुपर्ने बताउनुभयो ।

Related Posts

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni ७ दिन अगाडि

एन्कर पावर हंगामा २०२६ का विजेताहरू घोषणा, बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार हस्तान्तरण

  काठमाडौं । नेपालमा चार्जिङ तथा अडियो प्रविधिका अग्रणी ब्रान्ड एन्कर (Anker) र साउन्डकोर (Soundcore) ले आफ्नो बहुप्रतीक्षित…

ByByanjana soni २ हप्ता अगाडि

Valentino College ले गर्यो SEE Super Model Vol. 5 Contestants लाई सम्मान तथा Training

SEE Super Model Vol. 5 अन्तर्गत छनोट भएका 100 जना प्रतियोगीहरुलाई Valentino College द्वारा विशेष 1 दिने Idea…

ByByanjana soni १ महिना अगाडि

Lions District 325P Nepal को Cabinet Schooling Program ले दियो नयाँ नेतृत्वको सन्देश

धुलिखेलस्थित होटल सारथीमा Lions International District 325P Nepal द्वारा आयोजित Cabinet Schooling Program भव्य तथा सफलतापूर्वक सम्पन्न भएको…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *