Trending

सन्दीपलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

855Views
0 Shares

जिल्ला अदालत काठमाण्डाैले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतले २० गतेदेखि गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको हाे ।

गएकाे भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गएकाे बिहीवार प्रहरीले पक्राउ गरी सोमवार अदालतमा उपस्थित गराएको थियो ।

दशैँ बिदाका कारण अदालत बन्द रहेकाले सन्दीपलाई सोमवार मात्रै म्याद थपका लागि अदालत लगिएको हो । अदालतमा उपस्थित भएसँगै लामिछानेलाई ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिइएको हो ।

सोमवार जिल्ला अदालत काठमाण्डाैले असोज २० गतेदेखि लागू हुने गरेर ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको अधिवक्ता सरोज घिमिरेले बताउनु भयो । उहाँले भन्नुभयो, ‘सन्दीप लामिछानेले इजलासमा आफू निर्दोष रहेको कुरा श्रीमान समक्ष सम्पूर्ण डिटेलहरु प्रस्तुत गर्नुभयो । म्याद थपको सम्बन्धमा श्रीमानले ७ दिनको समय दिनुभयो । यो २० गतेदेखि लागू हुने गरेर दिएको समय हो । २७ गते अदालतमा फेरि हाजिर हुने सर्तमा ७ दिनको लागि म्याद थपिएको छ ।’

१७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई दशैँको भोलिपल्ट नेपाल आए लगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो ।

काठमाण्डाैको गौशालामा रहेकाे एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गएकाेे प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय