
सत्मार्ग फाउन्डेसनका जिल्ला कार्य समिति पर्सा को तर्फ बाट जिल्ला अध्यक्ष एवम सामाजिक अभियन्ता मेराज मिया र संस्था का केन्द्रिय अध्यक्ष तबरेज आलम को संयुक्त पहल तथा अगुवाइमा बिरगंज महानगरपालिका वडा न.२२ अन्तरगत पर्ने जगरनाथपुर टोल स्थित रहेको श्री एस के अकेडेमी र सनराइज बोडीङ्ग स्कुल को परिसरमा विभिन्न किसिमका प्रजातीहरु को बिरुवाहरू को बृच्छारोपन कार्यक्रम सम्पन्न गरिएको हो ।
नेपाल एक प्राकृतिक रूपमा संसारकै एउटा सुन्दर देश हो र रुख बिरुवाहरू पृथ्वी कै सब भन्दा अमुल्य धन हो जसले मानव लगायत सम्पूर्ण जीवित प्राणीहरुलाइ प्रत्यक्ष तथा अप्रत्यक्ष तरिकाले फाइदा पुर्याईरहन्छ त्यसैले हामी प्रकृति जोगाउने कार्यमा पनी अग्रसर रहनु पर्छ भनी संस्थाका जिल्ला अदयक्ष मेराज मियाको भनाइ रहेको थियो

कार्यक्रममा स्कुलका विद्यार्थीहरुलाई पनी वृक्षारोपन मा संलग्न गराई यसका आवस्यक्ता र फाइदा बारे विद्यार्थीमाझमा चर्चा गर्दै जानकारी गराइएको केन्द्रिय अध्यक्ष तब्रेज आलम ले बताएका थिए
कार्क्रममा संस्थाका सद्स्याहरु, टोलका केही टोलबासी तथा बुद्धीजीविहरू लगायत स्कुल का शिक्षक र विधार्थीहरुको उपस्तिथी रहेको थियों..
















