• Home
  • ताजा समाचार
  • सत्तामा जान मरिहत्ते गर्दैनाैँ, प्रचण्डजीकाे अनुहार हेरेरमात्रै हुँदैन : माधव नेपाल
Image

सत्तामा जान मरिहत्ते गर्दैनाैँ, प्रचण्डजीकाे अनुहार हेरेरमात्रै हुँदैन : माधव नेपाल

काठमाण्डाै  पुस २०

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने बताउनुभएको छ । यही पुस २६ गते सरकारले विश्वासको मत लिने भएकाले त्यसअघि सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने उहाँको भनाइ छ । 

पार्टीको भातृ सङ्गठन युवा सङ्घ नेपाल काठमाण्डाै जिल्ला कमिटीले आज बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राजनीतिक पिक्चर नै क्लिएर नभएकाले पनि आफ्नो पार्टीको पोलिटब्युराे बैठकले सरकारमा जाने/नजानेबारे निर्णय नलिएको उहाँले बताउनुभयाे । प्रचण्डको अनुहार हेरेरभन्दा पनि सरकारको नीति तथा कार्यक्रमलाई हेरेर, त्यहाँ रहेका राजनीतिक दलहरूको गतिविधिलाई हेरेर पुस २६ गते नै त्याे निर्णय गर्न आफूहरू तयार रहेको उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘कसैकसैले समाचारमा एकीकृत समाजवादी त अलमलमा पर्‍याे भनेर लेखे । त्याे लेखेर ठिक गरे । पोलिटिकल सिनारियो त क्लिएर हुनुपर्‍याे नि ! अहिलेसम्म हामीले यो सरकारले कस्तो नीति र कार्यक्रम लिन्छ भन्ने कुरा हेर्नै पाएका छैनौँ । मान्छेको अनुहार हेरेर गर्ने हो भने प्रचण्डजीको अनुहार हेर्दा ल समर्थन गरिदिउँला भनौँला तर अनुहारलेमात्रै हुँदैन । त्यहाँ अनेकहरू छन । के–के गर्छन् भन्ने थाहा छैन । अनि त्यत्तिकै अगाडि सरेर बोल्ने कुरामा के हो हतार ? हामीलाई के बित्दो छ र ? २६ गते हो सरकारले विश्वासतको मत प्राप्त गर्ने । त्याे दिनसम्म हामीले निर्णय गरे पुगेन ? भैगो नि ! सस्पेन्समै रहोस् । दुनिँया कुदिरहून् । कुराकानी हुन्छ, छलफल हुन्छ । अनि हाम्रो पार्टीको आधिकारिक कमिटीले निर्णय गर्छ ।’

अध्यक्ष नेपालले आफ्नो पार्टी सत्तामा जानका लागि मरिहत्ते गर्ने पक्षमा नरहेको पनि बताउनुभयो । उहाँले पार्टीका सांसदहरूलाई दलको ह्विप लाग्ने भन्दै सचेत गराउनुभयो । सरकारलाई विश्वासको मत दिने समय आइरहेका बेला अध्यक्ष नेपालले पार्टीका सांसदहरूलाई दलको ह्विप लाग्नेतर्फ सचेत गराउनुभएको हो । उहाँले राष्ट्रिय मान्यता नपाएका दलले पनि पार्टीका सांसदहरूलाई ह्विप लगाउन पाउने कानुनी र संवैधानिक व्यवस्था रहेको जिकिरसमेत गर्नुभयो । राष्ट्रिय मान्यता नपाएका राजनीतिक दलका सांसदहरूलाई ह्विप लाग्दैन भन्ने भ्रम कसैले पनि नछरे हुने अध्यक्ष नेपालको भनाइ थियो ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ महिना अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni २ महिना अगाडि

एन्कर पावर हंगामा २०२६ का विजेताहरू घोषणा, बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार हस्तान्तरण

  काठमाडौं । नेपालमा चार्जिङ तथा अडियो प्रविधिका अग्रणी ब्रान्ड एन्कर (Anker) र साउन्डकोर (Soundcore) ले आफ्नो बहुप्रतीक्षित…

ByByanjana soni २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *