Image

सगुन ढक्वा नेपालका लागि International Youth Exchange Camp Chairperson को भूमिकामा

८ देशका १४ युवा सहभागी अन्तर्राष्ट्रिय युवा आदान–प्रदान क्याम्प सुरु

काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको आयोजनामा International Youth Exchange Camp Nepal 2026 सुरु भएको छ। काठमाडौंस्थित होटल रोयल एयरपोर्टमा आयोजित उद्घाटन कार्यक्रममा विभिन्न देशबाट आएका युवा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

क्याम्पमा ८ देशका १४ जना युवा सहभागी भएका छन्। नेपालसहित विभिन्न देशका युवाबीच संस्कृति, अनुभव, नेतृत्व विकास तथा अन्तर्राष्ट्रिय सम्बन्ध आदान–प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सगुन ढक्वा नेपालका लागि International Youth Exchange Camp Chairperson को भूमिकामा रहेका छन्। उनको नेतृत्व तथा समन्वयमा नेपालमा सहभागी विदेशी युवा प्रतिनिधिहरूलाई नेपाली संस्कृति, पर्यटन, सामाजिक गतिविधि तथा लायन्सको सेवामूलक अभियानसँग परिचित गराउने कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जनाएको छ।

क्याम्पका क्रममा सहभागी युवाहरूले नेपालका विभिन्न सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको भ्रमण गर्नुका साथै स्थानीय संस्कृति, कला, परम्परा र नेपाली समाजबारे प्रत्यक्ष अनुभव हासिल गर्नेछन्।

लायन्स इन्टरनेशनलको युवा आदान–प्रदान कार्यक्रमले विभिन्न देशका युवाबीच मित्रता, सांस्कृतिक समझदारी र नेतृत्व क्षमताको विकासमा सहयोग पुर्‍याउँदै आएको आयोजकको भनाइ छ।

Related Posts

राष्ट्रिय–अन्तर्राष्ट्रिय अतिथिको सहभागिता : International Youth Exchange Camp Nepal 2026 मा लायन्स ३२५ पीको ऐतिहासिक सुरुवात

  काठमाडौं, २६ भदौ २०८३— लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको आयोजनामा **‘International Youth Exchange Camp Nepal 2026’**…

ByByanjana soni २० घण्टा अगाडि

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni ५ दिन अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni २ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni ३ हप्ता अगाडि

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni ४ हप्ता अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni ४ हप्ता अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *