Trending

संसदीय समितिबाट प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीकाे नाम सर्वसम्मत अनुमोदन

1.3kViews
0 Shares

काठमाडौं, १ असार । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीमा प्रस्तावित हरिकृष्ण कार्कीको नामलाई सर्वसम्मत अनुमोदन गरेको छ । 

शुक्रबार बसेको समिति बैठकले उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो । योसँग अब कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि बाटो खुलेको छ । 

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय समितिले अनुमोदन गरेसँगै अब कार्कीलाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने बाटो खुलेको हो । 

बिहीबार समिति बैठकमा आफ्नो कार्ययोजना पेस गरेका कार्कीलाई शुक्रबार उनीविरुद्ध परेको उजुरीबारे सांसदले प्रश्न गरेका थिए । आफूमाथि लगाइएको आरोप प्रमाणित भए तत्कालै राजीनामा दिनेसमेत बताएका थिए । 
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय