सजाद हवारी (Aadat) बिरगंज – २०७९/०९/०८

नेसनल मेडिकल कलेजका प्रा. डा. के एन सिंह को प्रमुख अतिथित्वमा श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लि. पर्सा को 15 औं वार्षिकोत्सवको अवसरमा नेसनल मेडिकल कलेज तथा टिचिङ्ग अस्पताल, पर्सा को सहकार्यमा आज कलेज कै प्राङ्गनमा हिमाल बचत तथा ऋण सहकारी संस्था द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ l जहाँ करीब 50 भन्दा बढी व्यक्तिले रक्तदान गरेका थिए ।
उक्त कार्यक्रममा अतिथिको रुपमा डा. इसरत जहान अन्सारी, डा. नुसरत जहान अन्सारी, सहनवाज अन्सारी, श्री हिमाल बचत ऋण सहकारी संस्थाका प्रबन्धक किरण झा, डा. एम डी रहूल्लाह, डा. अचुतानंद लाल कर्ण, डा. जितेन्द्र मिश्र, डा. साहिद आलम, डा. प्रवेज अलाम अन्सारी लगायत अन्यको उपस्तिथी रहेको थियों ।

रक्तदान अत्यन्त राम्रो मानविय कार्य हो । रक्तदाननै जीवन दान हो । शरीरमा त्यसै खेर जाने रगतले कसैको जीवन वचाउन सकिन्छ भने त्यो नै जीवन दान हो । भन्ने प्रमुख अतिथि डा. सिंह को भनाइ रहेको थियों ।














