• Home
  • Uncategorized
  • शेयर बजारको वृद्धि एक दिन पनि टिकेन, साढे ६ अङ्कले घटेर १९ सय विन्दुभन्दा तल
Image

शेयर बजारको वृद्धि एक दिन पनि टिकेन, साढे ६ अङ्कले घटेर १९ सय विन्दुभन्दा तल

काठमाण्डाै – पाँच दिनपछि हिजो साेमवार एक दिन बढेको शेयर बजार आज मङ्गलवार फेरि घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ५९ अङ्कले घटेर एक हजार आठ सय ९७ दशमलव ८६ विन्दुमा झरेको छ । बैंक र निर्जीवन बीमाबाहेक सबै समूहको शेयर ओरालो लागेकोमा माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २९ वटा कम्पनीकाे २७ लाख ४५ हजार कित्ता शेयर एक अर्ब दुई करोड ३६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको आठ करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै तारागाउँ रिजेन्सी र सिकलेस हाइड्रोको शेयर साढे आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सिटिजन्स म्युचल फन्ड–१ को शेयर साढे चार प्रतिशत र पञ्चकन्यामाई हाइड्रोको शेयर तीन प्रतिशतले बढेको छ । 

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ३ दिन अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *