वीरगंज पब्लिक कलेज द्वारा १२ कक्षाका विद्यार्थीहरुको बिदाई तथा सुभकामना कार्यक्रम सम्पन्न
By Aadat
३ वर्ष अगाडि
Comments: 0

बिरगंज जेठ ७ गते । बिरगंज पब्लिक कलेज द्वारा बिदाई तथा सुभ कामना कार्यक्रम सम्पन्न भएको छ । आइतबार बिरगंजको होटल बिस्वामा बिरगंज पब्लिक कलेजमा अध्ययनरत १२ कक्षाका विद्यार्थीहरुको बिदाई गर्दै उच्च शिक्षाको लागि आफुले सोचेको , रोजेको कलेजमा शिक्षा लिन र यस कलेजले सिकाएका कुराहरुलाई व्यवहारमा ल्याउन आग्रह गरेका थिए आफ्नो भबिस्यको लागि बाबुआमाको सपना पूरा गर्न र जुनसुकै कलेजमा पढेपनि सो कलेजको र शिक्षक गुरुको आदर सम्मान गर्नसके असल नागरिक बन्नबाट कसैले रोक्न नसक्ने सो कार्यक्रममा जानकारी गराएका थिए । बिरगंज पब्लिक कलेजका सस्थापक अध्यक्ष प्रोफेसर डा. दिपक शाक्यको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य श्याम पटेलले बिरगंज पब्लिक कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई उज्ज्वल भबिस्यको कामना सहित उच्च शिक्षाको लागि कडा मेहनत र आफुले सोचेको सपना साकार पाने बेला भएकोले कसैको करकाप , बहकावमा नआइ आफुले कुन कलेजमा पढ्ने र कुन बिषयमा पढ्न मन छ त्यसतर्फ ध्यान दिनु पर्ने बताए ।अहिलेको समय पढाई र अतिरिक्त क्रियाकलाप अति आवस्यक रहेको र त्यस्ता व्यक्ति समाज र रास्ट्रको लागिधेरै जरुरी रहेको पनि बताए ।
३ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि