• Home
  • समाचार
  • वीरगंजमा ‘रन टुगेदर, राइज टुगेदर’ म्याराथन सम्पन्न, युवाको उल्लेख्य सहभागिता
Image

वीरगंजमा ‘रन टुगेदर, राइज टुगेदर’ म्याराथन सम्पन्न, युवाको उल्लेख्य सहभागिता

वीरगंज – युथ सर्भ फाउण्डेशन र त्रिविया डिजिटल स्कुपको संयुक्त आयोजनामा वीरगंजमा ‘रन टुगेदर, राइज टुगेदर’ म्याराथन सम्पन्न भएको छ। फाउण्डेशनका अध्यक्ष नकुल गुप्ताको अध्यक्षतामा आयोजित प्रतियोगितामा विद्यार्थी, युवा तथा खेलप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले खेल र खेलाडी महानगरपालिकाको प्राथमिकतामा रहेको स्पष्ट पारे। खेलकुदकै माध्यमबाट देशको पहिचान स्थापित हुने भएकाले खेलाडीको सम्मान र प्रोत्साहन अत्यावश्यक रहेको उनको भनाइ थियो। महानगरपालिकाले नयाँ खेलाडी उत्पादनदेखि उनीहरूको क्षमता विकास, सम्मान तथा प्रोत्साहनका कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरेको उनले जानकारी दिए। खेलकुदले अनुशासन, स्वास्थ्य र आत्मविश्वास बढाउने भएकाले युवालाई खेलप्रति आकर्षित गर्न स्थानीय सरकारले निरन्तर पहल गरिरहेको सिंहले बताए।

कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं. २० का वडाध्यक्ष रामकिशोर सिंह पराग, लायन्स क्लब इन्टरनेशनल ३२५ एस का प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर रामबिहारी पाण्डे, डिष्ट्रिक्ट एक्जिक्युटिभ चिफ बासु तिमिल्सिना, प्याबसन पर्साकी उपाध्यक्ष सुशिला साह, पर्सा जिल्लाका एथ्लेटिक्स प्रशिक्षक विश्वेश्वर पटेललगायतले आ–आफ्नो भनाइ राख्दै नियमित दौड र खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्य मजबुत बनाउनेमा जोड दिए।

युथ सर्भ फाउण्डेशनका अध्यक्ष नकुल गुप्ताले विशेषगरी विद्यार्थीहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको बताए। दौडप्रति रुचि भएका प्रतिभाहरूलाई अवसर प्रदान गर्नु पनि कार्यक्रमको मुख्य लक्ष्य रहेको उनको भनाइ थियो।

कार्यक्रम संयोजक दिपु वर्णवालले धन्यवाद मन्तव्य राख्दै प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबै संघ–संस्था, स्वयंसेवक, सहभागी तथा समर्थकप्रति आभार व्यक्त गरे। उनले यस्ता कार्यक्रमले वीरगंजलाई खेलकुदमैत्री शहरको रूपमा चिनाउन सहयोग पुग्ने धारणा राखे।

म्याराथन प्रतियोगितामा श्री जनता माध्यमिक विद्यालय, उम्जन (बारा) का पप्पु कुमार यादव प्रथम भए भने उनकै भाइ सोही विद्यालयका धिरज प्रसाद यादव द्वितीय भए। वीरगंजस्थित एसआर ग्यालेक्सीका सचिन यादव तृतीय स्थान हासिल गर्न सफल भए। प्रथम हुने पप्पु यादवले एक थान साइकलसहित नगद ५ हजार १ सय रुपैयाँ, द्वितीय हुने धिरज यादवले नगद ५ हजार १ सय रुपैयाँ र तृतीय हुने सचिन यादवले नगद २ हजार १ सय रुपैयाँ प्राप्त गरे। सबै विजेताले मेडल, प्रमाणपत्र तथा एक–एक जोर जुत्ता पनि प्राप्त गरेका थिए।

कार्यक्रम संयोजनमा अंकित चौरसिया, नरोत्तम पाण्डेलगायतको सक्रिय भूमिका रहेको थियो।

कार्यक्रममा प्रभु अस्पतालका प्रबन्ध निर्देशक डा. मनोज गुप्ता, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. लक्ष्मी थापा, लायन्स क्लब अफ वीरगंज ह्युमानिटीका अध्यक्ष अमरकान्त झा, लायन्स क्लब इन्टरनेशनलका श्याम गुप्ता, डा. पशुपति भट्ट, डा. दीपक चौरसिया, मानव सेवा आश्रम वीरगंजका संस्थापक देवेश गुप्ता, प्याब्सन वीरगंजका अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, एन–प्याब्सन वीरगंजका अध्यक्ष जियालाल गुप्ता, लिटल बड्डी प्रि–स्कूलका प्रधानाध्यापक विजय कुमार बललगायतको उपस्थिति रहेको युथ सर्भ फाउण्डेशनकी सचिव सोनालाल सहनीले जानकारी दिइन्। सचिव सहनीका अनुसार प्रतियोगितामा बारा र पर्साका २५० भन्दा बढीको सहभागिता रहेको थियो।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ७ दिन अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ४ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *