• Home
  • ताजा समाचार
  • विहार र नेपालको चुनावी ब्यानरमा एउटै व्यक्तिको तस्बिर , अपराधिक नाईकेहरू लाई भतिज र बहिनीको भर
Image

विहार र नेपालको चुनावी ब्यानरमा एउटै व्यक्तिको तस्बिर , अपराधिक नाईकेहरू लाई भतिज र बहिनीको भर


बिरगंज २५ बैशाख / स्थानीय तहको चुनाव आउन अब ५ दिन मात्र बाकी छ । उम्मेदवारहरुले जोडतोडका साथ आफ्नो प्रचार प्रसार गरिरहेका छन् । पर्साको कालिकामाई गाउँपालिकामा जनता समाजवादी पार्टी जसपाका मेयर वशिष्ठ कलवार र उपमेयर सायना खातुनले पनि जबरजस्त तरिकाले चुनावी प्रचार थालेका छन् । कलवार र खातुनको चुनावी ब्यानरमा जसपाका नेताको स्थानमा जुन व्यक्तिको तस्बिर राखिएको छ ती व्यक्तिको प्रभाव भारत विहार राज्यको रामनगरमा रहेको देखिन्छ । उपमेयरकी उम्मेदवार सायना खातुनको तस्बिर माथि अरमान खाँको तस्बिर राखिएको छ । खातुन खाँकी बहिनी हुन् ।
गत वर्ष विहारको नगर परिषदको चुनावमा रामनगर प्रखण्डमा अरमान खाँकी श्रीमती सायरा खातुन उपसभापतिकी उम्मेदवार थिइन् । रामनगर नगर परिषदको चुनावी ब्यानरमा अरमान खाँको ठूलो तस्बिर राखेर मतदातासँग मतको अपिल गरिएको थियो । यसैगरि कालिकामाईको चुनावमा समेत अरमान खाँको तस्बिर राखेर गाउँ गाउँमा ब्यानर टाँगिएका छन् । एउटै व्यक्ति नेपाल र भारततर्फको चुनावमा उम्मेदवारको प्रतिनिधी किन र कसरी बन्छ भन्ने विषयमा कालिकामाईका वासिन्दा अहिले चिन्तीत बनेका छन् । खाँ दुई महिना अगाडि जसपामा प्रवेश समेत गरेका थिए । जसपाका पर्सा अध्यक्ष रामनरेश यादव, प्रदेश सांसद सिंघाशन कलावर, सचिव तबरेज अहमद लगायतका नेताहरुले खाँलाई पार्टी प्रवेश गराएका थिए ।
कालिकामाई गाउँपालिकाको मेयर पदमा जसपाबाट उम्मेदवारी दिएका वशिष्ट कलवार दिनेश कलवारका भतिजा हुन् । चुनावी ब्यानरमा अरमान खाँसँगै दिनेशको तस्बिर समेत राखिएको छ । अघिल्लो स्थानीय चुनावमा कालिकामाईको उपमेयरमा कलवारले आफ्नो भाउजु लालशा देवी कलवारलाई उम्मेदवार बनाएका थिए । उनकी भाउजु पराजित भइन् । खोटाचलन, लागूऔषध मुद्दामा सजाय पाइसकेका कलवार आफू निर्वाचनमा लड्न नपाउने भएपछि कहिले भाउजु त कहिलो आफ्नो भतिजोलाई आफ्नो प्रतिनिधीको रुपमा अगाडि सार्दै आएका छन् । उनकी भाउजु अस्वस्थ्य रहेकीले यसपालीको चुनावमा भतिजोलाई अगाडि सारेका हुन् । आपराधिक गतिविधीमा दोषी व्यक्ति संविधानत चुनाव लड्न नपाउने भएपछि राजनीतिलाई आफ्नो पकड बाहिर जान नदिन पारिवारिक सदस्यलाई अगाडि सार्ने विहारी प्रवृत्ति अहिले कालिकामाई गाउँपालिकामा समेत देखिएको छ । कलवारकै परिवारका सदस्यले जसपाबाट टिकट पाउने निश्चित देखिएपछि जसपाका प्रभावशाली नेताहरुले पार्टी परित्याग गरेका छन् । मेयरमा जसपाबाट दिनेश कलवारका भतिजो वशिष्टले नै टिकट पाउने तय भएपछि राजशे चौरसिया एमाले प्रवेश गरेका हुन् । जसपाकै अर्का प्रभावशाली नेता राधाकृष्ण चौरसिया कांग्रेसको झन्डा बोक्न बाध्य बनेका हुन् ।

Related Posts

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni २३ घण्टा अगाडि

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni १ हप्ता अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni १ हप्ता अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *