Trending

विष्णु पौडेललाई शंकर पोखरेलको जवाफ– ‘प्रदेश राजधानी दाङबाट अन्त सर्दैन’

900Views
0 Shares

 नेकपा एमालेका महासचिव शंकर पोखरेले लुम्बिनी प्रदेशको राजधानी दाङबाट अन्त नसर्ने बताउनुभएको छ । केही दिनअघि एक टेलिभिजन कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रदेशको राजधानी दाङबाट बुटवल नै ल्याउने बताउनुभएको थियो । 

दाङमा आज आइतवार भएको एक कार्यक्रममा पौडेलको जवाफ दिँदै महासचिव पोखरेलले संविधानले राजधानी दुई पटक सार्ने विषय उल्लेख नगरेकाले दाङबाट राजधानी अन्त नसर्ने बताउनुभएको हो । ‘हामी दङ्गालीले दाङमा प्रदेश राजधानी ल्याउन माग गर्‍याैँ, आन्दोलन पनि गर्‍याैँ । कांग्रेस र माओवादीको सरकार भएको बेला उनीहरूले बुटवल तोकेका थिए, म मुख्यमन्त्री भएपछि दाङमा सारेका छौँ । अब कसले के बोल्छ भन्ने चिन्ता नलिनुहोस् । राजधानी दाङमा तोक्ने काम भइसक्यो । कार्यालयहरू सार्ने काममा ढिला भएको हाे, अब सार्ने काम पनि चाँडै सकिन्छ’, पोखरेलले भन्नुभयो । 

महासचिव पाेखरेलले कहाँ कसले के बोल्छ भन्ने विषयमा सरोकार नराख्न भन्दै दाङमा कायम भएको राजधानीलाई व्यवस्थित सहर बनाउने योजना भएको पार्टीलाई मतदान गरेर विजयी बनाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय