विश्वव्यापी प्रर्दशनमा आउन लागेको चलचित्र ’रङ्गेली’ को पोस्टर सार्वजनिक

135Views
0 Shares

काठमाडौं । आगामी फागुन २५ गतेबाट विश्वव्यापी प्रर्दशनमा आउन लागेको नेपाली चलचित्र ‘रङ्गेली’ को सार्वजनिक पोस्टरमा अभिनेत्री मिरुना मगर ‘जुनकिरी’ को भूमिकाम देखिएकी छन् । मिरुनालाई ’जुनकिरी’को रूपमा परिचय गराउँदै मगरको क्यारेक्टर झल्किने पोस्टर चलचित्र टिमले आज सार्वजनिक गरेको छ ।

’रङ्गेली’निर्देशक अर्जुन सुवेदीले मिरुनाले अहिलेसम्म अभिनय गरेको भन्दा भिन्न चरित्र निर्वाह गरेको कारण दर्शकलाई थप चासो हुने विश्वास व्यक्त गरेका छन् । सुवेदीकै लेखन रहेको ’रङ्गेली’मा मिरुनाको साथमा दयाहाङ राई, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का ९योलो० एशोसियट निर्माता र चलचित्रको सुशन प्रजापतिले छायांकन गरेका छन् ।
चलचित्रको अस्ट्रेलिया अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर गराई अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न देशमा एकसाथ रिलिज गरिने चलचित्र निर्माण टिमले जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
40°
Sunny
5:28 am7:01 pm +0545
Feels like: 40°C
Wind: 13km/h W
Humidity: 20%
Pressure: 1006.43mbar
UV index: 8
3 pm4 pm5 pm6 pm7 pm
40°C
40°C
39°C
36°C
34°C
ThuFriSatSunMon
42°C / 25°C
43°C / 26°C
43°C / 28°C
42°C / 28°C
42°C / 28°C

प्रिय न्युज


लोकप्रिय