• Home
  • राजनीति
  • विश्वमा आपराधिक घटना बढिरहेकाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको छ –बालकृष्ण खाण
Image

विश्वमा आपराधिक घटना बढिरहेकाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको छ –बालकृष्ण खाण

काठमाडौं, ३१ असोज ।
विश्वमा बर्सेनि आपराधिक घटना बढिरहेकाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको गृहमन्त्री बालकृष्ण खाणले बताएका छन् । आज ६७ औं प्रहरी दिवसको उपलक्ष्यमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे गृहमन्त्री खाणले विश्वमा नै बर्सेनि आपराधिक घटना बढिरहेको भन्दै यसको चुनौती नेपालमा पनि बढ्दै गएको बताउएका हुन ।

उनले विश्वमा अहिले नयाँ किसिमका विज्ञानका प्रविधिहरुको प्रयोग गरी आपराधिक गतिविधि हुन थालेको भन्दै विज्ञान र प्रविधिलाई उच्चतम प्रयोग गरेर आपराधिक क्रियाकलापको नियन्त्रण गर्न जरुरी रहेको औंल्याएका छन् ।

नेपाल प्रहरीले पनि आपराधिक घटनालाई रोक्न विभिन्न विज्ञान, प्रविधिको प्रयोग गरिरहेको उनको भनाइ छ ।गृहमन्त्री खाणले नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न र अपराध नियन्त्रणमा सघाउन सरकार सदैव प्रतिबद्ध रहेको बताएका छन् । उनले नेपाल प्रहरीका जवानहरुको क्षमता विकास र सुविधा वृद्धिका लागि सरकारले प्रयत्न गरिरहेको पनि उल्लेख गरेका छन् ।

Related Posts

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *