• Home
  • अर्थ
  • विश्वको अग्लो स्थान छुमचौरमा रोपियो मार्सी धान
Image

विश्वको अग्लो स्थान छुमचौरमा रोपियो मार्सी धान

काठमाडौँ, १६ जेठ

जुम्ला किसनाले मार्सी धान रोप्न सुरू गरेका छन् । यसपटक  कृषि अनुसन्धान केन्द्रले पनि किसानलाई बिउ वितरण गरेको  छ । जुम्लाका किसानलाई यसपटक  रोगमुक्त कालीमार्सी धानको बीउ वितरण गरेकाे हो ।

कृषि अनुसन्धान केन्द्र जुम्लाले पातारासी गाउँपालिका-३ छुमचौर ज्यूलोमा बलाष्ट रोगमुक्त सुधारिएको जुम्ली कालीमार्सी धान (बेर्ना) रोपाई दिवसको अवसरमा वितरण गरेको बताएको छ  ।

लामो समय कृषि अनुसन्धान केन्द्र जुम्लाले आफै अनुसन्धान गरी यस वर्षदेखि कृषकसम्म पुर्‍याउन छुमचौर ज्यूलोमा रोगमुक्त सुधारिएको जुम्ली मार्सी धान रोपिएको छ  ।छुमचौर ज्यूलो विश्वकै अग्लो स्थाल २८५० मिटर उचाईमा कालीमार्सी धान फल्ने स्थान हो । तर, अहिले यो ज्यूलोमा वर्षमा एक बाली गहुँ वा सिमी, मकै, आलुमात्रै लग्ने गर्छ । फाटफुट रुपमा यो ज्यूलोमा धान रोपिने गरे पनि एक दशकदेखि यहाँका किसानले धान रोप्ने गरेका छैनन् ।

स्थानीय कमलसिंह बोहराले धानमा रोग लाग्ने उत्पादन नहुने र असिनापानीले क्षति गर्ने गरेकाले धान रोप्ने छोडिएको हो । उनले भने, ‘धान रोप्ने सिजन र पाटनमा बहुमुल्य जडिबुटी यार्सा टिप्ने सिजन एउटै हुने हुनाले पनि धान रोप्न छोडिएको हो ।

धानभन्दा यार्साबाट बढी आम्दानी हुन्छ । यार्सा टिप्ने सिजनमा सबै पाटनतिर जाने र रोपाईका लागि हली, बाउसे, रोपहार नपाउने हुँदा धान रोप्न छोडेको उनले बताए ।

काली मार्सी सूचिकृत छैन
किसानहरूका अनुसार पहिला पहिला १४ बोरा धान फल्ने ठाउँमा अहिले ५० केजी पनि हुन छाडेकाे छ । सरकारले पनि विश्वको सबैभन्दा अग्लो स्थानमा फल्ने काली मार्सी धानलाई सूचिकृत गरेकाे छैन ।

कृषि अनुसन्धान केन्द्र जुम्लाका वरिष्ठ वैज्ञानिक रेशमबाबु अमगाईका अनुसार जुम्ली मार्सी ब्लाष्ट रोगका कारण उत्पादन कम हुने गरेकाे छ । छुमचौर ज्यूलोमा उत्पादन हुने मार्सी धान लामो समय अनुसन्धान गरी रोगमुक्त बनाएर बिउ उत्पादन गरी कृषकको खेतबारीमा रोपिएको उनले बताए ।

केन्द्रले बर्खेबाली चिनो, कागुनो, फापर, मकै, कोदो, मार्सी धान, गहत र सिमीमाथि अनुसन्धान गरिरहेकाे छ । यस्तै, हिउँदे बाली जौ, गहुँ, मुसुरो, चौली जौमाथि पनि केन्द्रले अनुसन्धान गरिरहेकाे ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *