विश्वकपको विजय उत्सव मनाउँदा अर्जेन्टिनामा १ जनाको मृत्यु, ५ जना कोमामा
By Anusha sijapati
३ वर्ष अगाडि
Comments: 0
६ पुस, काठमाडौं
विश्वकप फुटबलको उपाधी जितेर अर्जेन्टिना पुगेको टिमको समर्थनमा खुसीयाली मनाउने क्रममा १ जनाको मृत्यु भएको छ । अरु ५ जना कोमामा गएका छन् ।
उफ्रिने क्रममा छतबाट खसेर एक जना २४ वर्षका युवाको मृत्यु भएको हो ।
आकाशेपुलबाट फुटबल टिम चढेको खुल्ला बसमा फाल हाल्ने क्रममा घाइते भएकाहरु कोमामा गएका हुन् ।
विजयी उत्सव मनाउने क्रममा समर्थकहरु अराजक बनेपछि प्रहरीले हवाइ फायरसमेत गर्नुपरेको छ ।केही समर्थर्कले सुरक्षाकर्मीको गाडी नै अपरणसमेत गरेका थिए । समर्थकका कारण थेग्ने स्थिति नै नभएपछि विजयी र्याली छोट्याएर खेलाडीलाई हेलिकोप्टरबाट उद्धार गर्नु परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।सन् १९८६ मा दोश्रो पटक विश्वकप जितेको अर्जेन्टिनाले त्यसको ३६ वर्षपछि तेस्रो उपाधि उचालेको थियो । विश्व विजेता टिमको समर्थनमा राजधानी ब्यूनर्स आयर्सको सडकमा ४० लाख मानिस उत्रिएका थिए ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि