Image

विश्वकपको कारण कतारमा दूतावास खुल्ने समय परिवर्तन

काठमाण्डौ – फिफा विश्वकपका लागि कतारमा रहेको नेपाली दूतावास खुल्ने समय परिवर्तन भएको छ ।

कतार सरकारको निर्णय अनुसार नै दूतावास खुला रहने समय परिवर्तन गरिएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । कात्तिक २७ गतेदेखि नै कतारको स्थानीय समय अनुसार बिहान ७ बजेदेखि ११ बजेसम्म खुल्न थालेको छ । आउँदो पुस ४ गतेसम्म यही समयमा दूतावास खुल्ने छ ।

अत्यावश्यक तथा जरुरी जानकारी तथा कन्सुलर सेवाको लागि दूतावासमा दिउँसो २ बजेसम्म फोन गर्न सकिने छ । अत्यावश्यक सेवा लिनका लागि दूतावासमा ४४६७५६८१ तथा ४४६७५६८३ नम्बरमा फोन गर्न सकिन्छ । आउँदो पुस ५ गतेदेखि भने पुरानै समय अनुसार दूतावास खुल्न थाल्ने छ । 

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ४ दिन अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ६ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *