• Home
  • Uncategorized
  • विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु
Image

विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौं, १३ वैशाख

देशका विभिन्न स्थानमा भएका मा परी सात जनाको मृत्यु भएको छ । धनुषा, भक्तपुर, अर्घाखाँची, दार्चुला र सर्लाहीमा भएका दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोलमा गएराती भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सडक छेउमा रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा गएराती साढे २ बजे तीन जना सवार लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

मृत्यु हुनेमध्ये हालसम्म एक जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ । सनाखत भएकामा धनुषाकै जनकपुर उपमहानगरपालिका–४ का अन्दाजी १९ वर्षीय सुमित टिण्डेवाल रहेका छन् । अन्य २ जना मृतकको सनाखत हुन अझै बाँकी रहेको छ ।

दुर्घटनामा  गम्भीर घाइते भएका ३ जना पुरुषको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।

ट्रक चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

भक्तपुरको मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटो चोकमा बा.४ ख  ८५८१ नम्बरको टिपर र बा. प्र ०२–०२३ प ७७६९ नम्बरको स्कुटर ठोक्दिा स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–३ झौखेल ठकुरी गाउँ बस्ने काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ घर भएका ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ छेँडास्थित सडकमा लु.११ प ८६३९ नम्बरको मोटरसाइकल सोमबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सोही नगरपालिका–२ भद्रिखोला बस्ने ६९ वर्षीय बलराम पौडेल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–२ स्थित सडकमा ना.५ ख १८०८ नम्बरको बसले किच्दा एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने महेश कपाडीको छोरा ६ वर्षीय अमृत कपाडी रहेका छन् । उनको सोमबार दिउँसो घट्नास्थलमै मृत्यु भएको हो ।

बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोही बिषयलाई लिएर स्थानीय बासिन्दाले बसमा आगो लगाउँदा बस पूर्णरुपमा क्षति भएको छ ।

सर्लाहीको बसवरिया गाउँपालिका–४ गोनर्वा स्थित सडकमा बिआर ४३ ए१५४६ नम्बरको डिजे रथको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोडैता नगरपालिका–११ सिसौटिया घर भएकी ७ वर्षीया लक्ष्मीनिया पंडित रहेकी छन् । उनको सोमबार साँझ मृत्यु भएको हो ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *