Image

विभिन्न स्थानमा सवारी दुर्घटनामा ९ जनाको मृत्यु

काठमाडौं, १६ जेठ

लम्जुङ, उदयपुर र दाङमा भएको सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित सडकमा ना.८ ख ८२९७ नम्बरको ट्रक सोमबार बिहान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक हाल वतन नखुलेका ३५ वर्षीय सुदिप घलान सहित ४ जना छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

दाङको राप्ती गाउँपालिका–४ नारायण चोकमा लु.अ.अ.जे ७००३ नम्बरको मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५२ वर्षीय वलु गिरी रहेका छन् । उनको सोमबार बिहान घटनास्थलमै मृत्यु भएको हो ।

लमजुङको मध्यनेपाल नगरपालिका–७ सितिखोलास्थित सडकमा बा.४ ख ७७८१ नम्बरको टिपर आइतबार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक धादिङ गजुरी गाउँपालिका–६ घर भएका २७ वर्षीय आकाश घिमिरे समेत ४ जना रहेका छन् ।

Related Posts

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni ४ घण्टा अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni १९ घण्टा अगाडि

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी…

ByByanjana soni २ दिन अगाडि

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *