Image

विभिन्न स्थानमा सवारी दुर्घटनामा परि ६ जनाको मृत्यु

काठमाडौं, ५ जेठ

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । पर्वत, कैलाली, सर्लाही, काठमाडौं र सप्तरीमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पर्वतको कुश्मा नगरपालिका–८ ओडारेमा ग.१ ख ५२१८ नम्बरको बसले ग.१ ज ७२५६ नम्बरको जिपलाई बुधबार ठक्कर दिँदा जिपका चालक सहित २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पताल पर्वतमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका १४ जनामध्ये ६ जना उपचार पश्चात डिश्चार्ज भएका छन् भने गम्भीर अवस्थामा रहेका एक जनाको गण्डकी अस्पताल पोखरामा र अन्यको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ ।

कैलालीको गोदावरी नगरपालिका–३ भैसीहाट बजार नजिक म.१ क ४२९ नम्बरको टिपरले से.४ प ६३१८ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनपुर कृष्णपुर नगरपालिका बस्ने २३ वर्षीय दिपेश चौधरी रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ मा ना.५ ख ५५१५ नम्बरको बस र प्रदेश ३–०१–०२५च ५७४३ नम्बरको गाडी बुधबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बसका सहचालक सुनसरी ईटहरी उपमहानगरपालिका–४ बस्ने ३७ वर्षीय भिम राजबंशीको रेहका छन् ।

दुर्घटनामा घाइते भएका बस चालक समेत १० जनाको मोडल अस्पताल लालबन्दीमा उपचार भइरहेको छ ।

काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–५ थली हरीयाली नगरमा बिहीबार बिहान ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका–४ घर भइ काठमाण्डौ थली बस्ने अन्दाजी ६० वर्षीय नर बहादुर खड्का रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा नारायणटार स्थित शंखरापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सप्तरीको बलानबिहुल गाउँपालिका–६ सेहरा चोकमा गएराती ३ जना सवार मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सखुवानन्कारकट्टी गाउँपालिका–२ का २२ वर्षीय लोचन यादव रहेका छन् ।

गम्भीर घाइते भएका उनको उपचारका लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएकी मोटरसाइकलमा पछाडी सवार स्थानीय ८ वर्षीया कृतिका कुमारी यादब र भगवानपुर गाउँपालिका ३ का २२ वर्षीय अनिल कुमार यादबको धरान स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *