Image

विभिन्न स्थानमा सवारी दुर्घटनामा २४ जना घाइते

काठमाडौं, ३० वैशाख

दाङ र डोटीमा भएको सवारी दुर्घटनामा २४ जना घाइते भएका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–४ राना गाउँमा ना.अ प फा ९४१  नम्बरको एम्बुलेन्स र बा.८ च ६९२५ नम्बरको बलेरो बिहीबार ठोक्किँदा १० जना घाइत भएका छन् ।

बलेरोमा सवार ३  जना र एम्बुलेन्समा सवार ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बलेरोमा सवार सोही उपमहानगरपलिका–८ बस्ने ५७ वर्षीय टेक बहादुर बस्नेत र एम्बुलेन्स चालक रुकुम पश्चिम बाफीकोट गाउँपालिका–२ बस्ने ३२ वर्षीय कलीभान खत्री समेत १० जनाको राप्ती प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको छ । घाइतेमध्ये ५ जनाको अवस्था मध्यम र अन्यको सामान्य रहेको छ ।

यस्तै, डोटीको शिखर नगरपालिका–४ धुरकोटस्थित सडकमा ना.१ ज ३१५२ नम्बरको जिप बिहीबार साँझ दुर्घटना हुँदा जिप चालक समेत १४ जना घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागि शैलेश्वरी अस्पताल दिपायल पठाइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर र अन्यको सामान्य रहेको छ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *