• Home
  • अर्थ
  • विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि, ९.७ महिनाको आयात धान्ने : राष्ट्र बैंकले
Image

विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि, ९.७ महिनाको आयात धान्ने : राष्ट्र बैंकले

काठमाडौं, २६ जेठ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भएको र यसले ९.७ महिनाको आयात धान्न पुग्ने जनाएको छ । 

आर्थिक वर्ष २०७९/८० को १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे शुक्रबार राष्ट्र बैंकले जारी गरेको विवरणअनुसार गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भई गत वैशाख मसान्तसम्ममा १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० वैशाख मसान्तमा १७.६ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा गत वैशाख मसान्तमा २४.१ प्रतिशतले वृद्धि भई १३ खर्ब १० अर्ब ६६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० वैशाख मसान्तमा ०.२ प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । गत वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७९÷८० को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । 

गत वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.३ प्रतिशत, ८०.७ प्रतिशत र २५.० प्रतिशत रहेका छन्। २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।
 

Related Posts

वीरगञ्जमा गुडि जोसिले पुनः सञ्चालनमा ल्याइन् ‘फेमिन ब्युटी पार्लर’, नगर प्रमुख सिंहले गरे उद्घाटन

  वीरगञ्ज। वीरगञ्जमा गुडि जोसिले ‘फेमिन ब्युटी पार्लर’ पुनः सञ्चालनमा ल्याएकी छन्। पुनः सञ्चालनमा आएको ब्युटी पार्लरको वीरगञ्ज…

ByByanjana soni २ दिन अगाडि

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान स्थापित गर्न रयान राना मगर थाइल्याण्ड प्रस्थान गर्दै!

  काठमाडौं। नेपाली बाल प्रतिभा रयान राना मगर अन्तर्राष्ट्रिय प्रतियोगिता Heritage Gems Nepal, Thailand मा नेपालको प्रतिनिधित्व गर्न…

ByByanjana soni २ दिन अगाडि

२५औँ पर्सा दिवसमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. लक्ष्मी थापा सम्मानित

  वीरगञ्ज । स्वास्थ्य क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.…

ByByanjana soni २ दिन अगाडि

अदालतको आदेशपछि पनि रुंगटा परिवारमाथि प्रतिशोधपूर्ण आरोप? अंकितको कानुनी चेतावनी, राजेन्द्रले दिए जग्गा एकीकरणबारे स्पष्टीकरण

अदालतको आदेशपछि पनि रुंगटा परिवारमाथि प्रतिशोधपूर्ण आरोप? अंकितको कानुनी चेतावनी, राजेन्द्रले दिए जग्गा एकीकरणबारे स्पष्टीकरण राजविराज । लेनदेनसम्बन्धी…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *