• Home
  • Uncategorized
  • लोसपा परित्याग गरी राजेशमान सिंह जसपामा प्रबेश ।
Image

लोसपा परित्याग गरी राजेशमान सिंह जसपामा प्रबेश ।

बिरगंज,

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रभावशाली नेता राजेशमान सिंहले जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् ।

लोसपा त्यागेर राजेशमान सिंहले सोमबार वीरगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा प्रवेश गरेका हुन् ।

जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सङ्घीय सांसद् प्रदीप यादव, प्रदेशसभा सदस्य जनत अन्सारी, अब्दुल रहिम अन्सारी (मञ्जुर अन्सारी) लगायतका नेताहरुले वीरगञ्जस्थित नगरसभा गृह (टाउन हल) मा आयोजित पार्टी प्रवेश कार्यक्रममा सिंहलाई फूलमाला लगाएर जसपा प्रवेश गराएका छन् । सिंहसँगै लोसपालगायत अन्य विभिन्न राजनीति दल त्यागेर युवाहरुको एउटा ठूलो समूहले पनि जसपा प्रवेश गरेको छ ।
सिंहलाई आगामी स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर लडाउने जसपाको तयारी छ । जसपा (तत्कालिन सङ्घीय समाजवादी फोरम नेपाल) बाटै निर्वाचित वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले एमाले प्रवेश गरेपछि जसपाले सिंहलाई मेयरको उम्मेदवारका रुपमा अगाडी सार्दै छ ।

उनि यसअघि तत्कालिन राष्ट्रिय जनता पार्टीबाट मेयर लडेर तेस्रो स्थान ल्याएका थिए ।

सिंह पनि यसअघि नेकपा एमालेमा प्रवेश गर्न लागेका थिए । वीरगञ्ज महानगरपालिकाको मेयरको टिकट पाउने आश्वाशनका साथ उनि एमाले प्रवेश गर्न लागेका थिए । एमाले प्रवेश गर्न लागेको भन्दै उनले वीरगञ्जमा पत्रकार सम्मेलन मार्फत जानकारी पनि गराएका थिए । तर, उनि प्रवेश गर्नु अगाडि नै वीरगञ्ज महानगरका मेयर विजय सरावगी एमाले प्रवेश गरेपछि उनि अन्योलको परेका थिए ।

जिल्लामा एमालेको एउटा समूहसँग मेयरको टिकट पाउने सहमति गरेर पार्टी प्रवेश गर्न लागेका सिंह भन्दा अगाडी सरावगीले अर्को समूहसँग मिलेर एमाले प्रवेश गरेका थिए । एमालेमा निर्वाचित मेयरले प्राथमिकता पाउने देखेपछि सिंहले जसपालाई रोजेका हुन् । यता, सरावगी गएपछि जसपासँग पनि वीरगञ्ज महानगरको मेयर पदका लागिदरिलो उम्मेदवार थिएन ।

सिंहको जसपा प्रवेशसँगै वीरगञ्जमा मेयर पदका लागि प्रतिश्पर्धा रोचक हुने भएको छ । व्यपारिक पृष्ठभूमिबाट राजनीतिमा आएका वीरगञ्जका मेयर सरावगीलाई यसअघि निर्वाचन जित्न मधेश आन्दोलनको लहरले पनि ठूलो सहयोग गरेको थियो । वर्षौँदेखि कांग्रेस, एमालेले देशलाई लुटेर खाएको आरोप लगाउँदै भोट बटुलेका सरावगी यसपटक त्यही एमालेबाट मेयर लड्दै छन् । अर्कोतर्फ मधेश आन्दोलन गरेर मधेश वादी दलले जनतालाई मुर्ख बनाए, आन्दोलनलाई सत्तामा पुग्ने सिढी बनाए जस्तो आरोप लगाएर एमाले जान लागेका सिंह अब पुन: मधेशवादी दलमै फर्केका छन् ।

यता, नेपाली कांग्रेसले आफ्नो मेयरको उम्मेदवार घोषणा नगरेको कारण अहिलेसम्म वीरगञ्जमा दुई पक्षीय प्रतिष्पर्धा हुने देखिएको छ । यद्दपी, गत स्थानीय तहको निर्वाचनमा दोस्रो स्थान हासिल गरेको कांग्रेसले पनि राम्रो उम्मेदवार ल्याउने हो भने प्रतिष्पर्धा त्रिपक्षीय हुनेछ ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni २ दिन अगाडि

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni ३ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ३ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *