• Home
  • Uncategorized
  • लोकसेवा आयोगको कार्यालय स्थापना गर्न सर्बसाधारणको माग
Image

लोकसेवा आयोगको कार्यालय स्थापना गर्न सर्बसाधारणको माग

मुगु, १५ चैत 

प्रदेश लोकसेवा आयोग सुर्खेतअन्तर्गत रहने गरी हिमाली जिल्ला मुगुमा पनि कार्यालय स्थापना गर्न सर्वसाधारणले माग गरेका छन् ।

प्रदेश लोकसेवा आयोगको भूमिकामाथि अन्तरक्रिया गर्न मंगलबार आयाेजित कार्यक्रमका सहभागिहरूले कर्णालीका जुम्ला, हुम्ला, डोल्पामा आयोगकाे कार्यालय स्थापना भए पनि मुगुमा नभएकाेमा दुखेसाे गरे ।

मुगुमा आयोगको कार्यालय नहुँदा यहाँका नागरिक हजाराैं खर्चेर बाहिरी जिल्ला जानु पर्ने अवस्था रहेको उनीहरूकाे भनाइ छ । यही कारण मुगुमै आयोगको कार्यालय स्थापना भए नागरिकलाई राहत हुने प्रमुख जिल्ला अधिकार रोमबहादुर महतले बताए ।

उनका अनुसार अन्य जिल्लाभन्दा मुगुमा निजामती कर्मचारी रहेको र मुगुमा निजामती कर्मचारी बढाउन पनि आयोग कार्यालय स्थापना गर्नु पर्ने बताए ।

कार्यक्रममा प्रदेश लोकसेवा आयोगका सचिव भुपेन्द्र थापाले संघको आयोगले हुम्ला र डोल्पामा परीक्षा केन्द्र राख्ने हुँदा कार्यालय पनि खुलेकाे बताए । सचिव थापाले भने, ‘प्रदेश लोकसेवा आयोग ऐन २०७५ कर्णालीका सबै जिल्लामा कार्यालय स्थापना गर्नेगरी बाटाे खाेलेको छ ।’

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ३ दिन अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ५ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *