• Home
  • खेलकुद
  • लोकतान्त्रिक नेवाः संघ नेपालको सचिवालय सदस्यमा निषेश श्रेष्ठ चयन
Image

लोकतान्त्रिक नेवाः संघ नेपालको सचिवालय सदस्यमा निषेश श्रेष्ठ चयन

O

काठमाडौं – २०८२ साउन ५

लोकतान्त्रिक नेवाः संघ, नेपालको सचिवालय सदस्य जस्तो उच्च र गरिमामय पदमा निषेश श्रेष्ठ चयन भएका छन्। संघको हालै सम्पन्न बैठकबाट श्रेष्ठ सचिवालय सदस्यमा निर्विरोध चयन भएका हुन्।

श्रेष्ठलाई यो महत्वपूर्ण जिम्मेवारी प्राप्त भएकोमा संघका पदाधिकारी, सदस्यहरू तथा शुभेच्छुकहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

समाजसेवा र नेवा समुदायप्रति सदैव सक्रिय भूमिका निर्वाह गर्दै आएका श्रेष्ठले आफ्नो कार्यकालमा संगठनलाई अझ सशक्त र प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरेका छन्।

उनको नयाँ जिम्मेवारीले लोकतान्त्रिक नेवाः संघको आगामी गतिविधि र उद्देश्यहरूलाई थप उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १६ घण्टा अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १८ घण्टा अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni ३ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *