• Home
  • Uncategorized
  • लमजुङमा म्यादी प्रहरीमा ३ हजार ६ सय ३४ जनाले दिए आवेदन
Image

लमजुङमा म्यादी प्रहरीमा ३ हजार ६ सय ३४ जनाले दिए आवेदन

लमजुङ, १२ चैत

आगामी ३० वैशाखमा  हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न लमजुङमा ३ हजार ६ सय ३४ जनाले आवेदन दिएका  छन् ।

आइतबारदेखि शुक्रबारसम्म  जिल्ला प्रहरी कार्यालय लमजुङमा ३ हजार ६ सय ३४ जनाले आवेदन दिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले  जानाकारी दिए ।

जसमा ३ सय ९६  जना महिला र  २ हजार २ सय ३८ जना पुरुष छन । आवेदन दिनेमा अधिकांश २० देखि २५ वर्षका युवाहरू छन्।

लमजुङमा ९ सय ८६ म्यादी प्रहरी माग भएको छ ।

म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिक रूपले तन्दुरुस्त हुनुपर्नेलगायतका मापदण्ड राखिएका छन् ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ घण्टा अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal १ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ५ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *