• Home
  • अर्थ
  • लमजुङका आठ स्थानीय तहले ४ अर्ब १ करोड ५९ लाख बजेट ल्याए
Image

लमजुङका आठ स्थानीय तहले ४ अर्ब १ करोड ५९ लाख बजेट ल्याए

काठमाडौं । असार १८ गते
लमजुङका आठवटै स्थानीय तहले समयसिमा भित्रै आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम ल्याएका छन् । जिल्लाका आठ स्थानिय तहले चार अर्ब एक करोड ५९ लाख एक हजार बजेट ल्याएका छन् ।

जिल्लामा सबैभन्दा धेरै सन्दरबजार नगरपालिकाले आगामी वर्षका लागि ७९ करोड ७५ लाख ८० हजार रुपैया बजेट ल्याएको छ । आसार ८ गते नै निति तथा कार्यक्रम ल्याएको नगरपालिकाले आगामी आर्थिक वर्षका लागि निति कार्यक्रम र बजेट पारित गरेको नगरप्रमुख कृष्ण प्रसाद कोईरालाले बताए ।
नगरपालिकाले चालुतर्फ ६५ दशमलव ६ प्रतिशत अर्थात ५२ करोड ३२ लाख ८८ हजार रुपैया र पुँजीगत तर्फ २७ करोड ४२ लाख ९२ हजार अर्थात ३४ दशमलव ४ प्रतिशत बजेट विनियोजन गरेको हो ।

जिल्लाको सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले आर्थिक वर्ष ०७९र८० को लागि ७५ करोड ५३ लाख तीन हजार रुपैया बजेट ल्याएको छ । आन्तरिक श्रोत तथा स्थानिय राजश्वबाट आठ करोड ५६ लाख ८१ हजार, संघीय र प्रदेश राजश्व बाडफाँटबाट १३ करोड ५० लाख ७२ हजार, संघ र प्रदेश समानिकरण अनुदानबाट १६ करोड ८६ लाख ५० हजार, संघ र प्रदेश सशर्त, समपुरक र विशेष अनुदानबाट ३६ करोड ५९ लाख अनुमान गरिएको छ ।

मध्यनेपाल नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ७१ करोड ८७ लाख ६९ हजार रुपैयाँ बरावरको बजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि ६७ करोड ८८ लाख नौ हजार रुपैयाँ बरावरको बजेट ल्याएको नगरपालिकाले आगामि वर्षका लागि ५ करोड बढी बजेट ल्याएको हो ।

राइनास नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ५९ करोड ३९ लाख रुपैया प्रस्तावित बजेट पेश गरेको छ । गाउँपालिकातर्फ मर्स्याङ्दी गाउँपालिकाले आगामी आर्थिक वर्षका ५४ करोड ३९ लाख ४५ हजार नौसय ४२ रुपैया बरावरको बजेट ल्याएको छ ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् । जिल्लाको दोर्दी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५६ करोड ५७ लाख ४६ हजार रुपैया बजेट प्रस्ताव गरेको सूचना अधिकारी धर्म गुरुङले बताए । यस्तै क्व्होलासोँथर गाउँपालिकाले ३५ करोड १८ हजार रुपैया बजेट ल्याएको छ ।

आगामी आर्थिक वर्षका लागि प्रस्तुत वजेटमध्ये चालु तर्फ २५ करोड ८४ लाख १० हजार र पुँजीगत तर्फ ९ करोड १६ लाख ८ हजार बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष सुर्य गुरुङले वताए । जिल्लाको दुधपोखरी गाउँपालिकाले ३६ करोड ५१ लाख रुपैया बजेट विनियोजन गरेको छ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *