• Home
  • अर्थ
  • लगातार चौथो दिन पनि शेयर बजार घटेर राताम्मे, १ अर्ब ११ करोड रुपैयाँको कारोबार
Image

लगातार चौथो दिन पनि शेयर बजार घटेर राताम्मे, १ अर्ब ११ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ५२ अङ्कले घटेर एक हजार आठ सय ९३ दशमलव ७० विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय २६ वटा कम्पनीकाे ३१ लाख १४ हजार कित्ता शेयर एक अर्ब ११ करोड ९४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर सात प्रतिशत तथा किसान लघुवित्त, पञ्चकन्यामाई हाइड्रो, गुहेश्वरी मर्चेन्ट फाइनान्स, इमर्जिङ नेपाल र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको शेयर पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि मन्दाकिनी हाइड्रो कम्पनीको शेयर झन्डै चार प्रतिशतले बढेको छ ।

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १७ घण्टा अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १९ घण्टा अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni ३ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *