• Home
  • Uncategorized
  • र्‍याप ब्याटल शो ‘ब्याटल भुमी’को औपचारिक घोषणा
Image

र्‍याप ब्याटल शो ‘ब्याटल भुमी’को औपचारिक घोषणा

र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ पछिल्लो समय चर्चित रियालिटी शोको रूपमा स्थापित भइसकेको छ । दर्शकले उक्त शोलाई अत्यधिक मन पराए सँगै चौतर्फी रूपमा चर्चा पनि कमाएको छ । यसलाई मध्यनजर गर्दै उक्त टिमले पुन : नयाँ शोको घोषणा गरेका छन् । बुधवार एक कार्यक्रमका बिच र्‍याप ब्याटल शो ‘ब्याटल भुमी’को औपचारिक घोषणा गरिएको हो ।

‘ब्याटल भूमि’ नाम दिइएको शोमा भाग लिन चाहनेले डिजिटल अडिसन मार्फत सहभागी हुन सक्नेछन् । २२ जुन (आज) बेलुका ५ बजे देखी २ जुलाईसम्म अडिसन खुल्ला रहने निर्माण पक्षले जनाएको छ । सहभागीता जनाउन चाहनेले नेपाल र्‍यापको वेबसाइट www.nepalrap.com मा गएर डिजिटल अडिसन दिन सक्नेछन् । डिजिटल अडिसनका लागी सहभागीले म्युजिक बिटमा १ मिनेट भन्दा माथिको भिडियो पठाउनु पर्नेछ ।

सुदिप पोखरेल र रोशन श्रेष्ठ कार्यकारी निर्माता रहेका उक्त कार्यक्रम निकेश खड्काले निर्देशन गर्नेछन् । ‘ब्याटल भुमी’मा जजको रूपमा मानस घले , कवि जी रहेका छन् भने अर्का एक जजको घोषणा गरिनेछ । यस्तै कार्यक्रमको होस्टका रूपमा कोइन्च जी रहेका छन् । साथै कार्यक्रमको असोसियट प्रोड्युसरको रूपमा मनोज सापकोटा रहेका छन् । श्रावणबाट ओे.एस.आर डिजिटल र डी म्युजिक टेलिभिजनबाट प्रसारण हुने शोमा विजेतालाई रु ५,००,००० नगद पुरस्कार र वर्ल्ड टुर गर्न पाउने बताइएको छ ।

‘नेपहप श्रीपेच’ हुँदा हुँदै अर्को कार्यक्रम किन आवश्यक पर्‍यो भन्ने प्रश्नमा ‘र्‍याप गायक र ब्याटल गायक बिच पनि भिन्नता हुने भएकाले पनि ‘ब्याटल भुमी’ कार्यक्रम निर्माण गर्न लगेको निर्माताले बताए । साथै उक्त कार्यक्रममा ‘नेपहपको श्रीपेच’मा सहभागी ‘डि एन एक्स ‘ को चर्चित गीत ‘इन्टु मिन्टु लन्डन ‘को अफिसियल भिडियो ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने पनि घोषणा गरिएको थियो ।

Related Posts

वीरगञ्जमा गुडि जोसिले पुनः सञ्चालनमा ल्याइन् ‘फेमिन ब्युटी पार्लर’, नगर प्रमुख सिंहले गरे उद्घाटन

  वीरगञ्ज। वीरगञ्जमा गुडि जोसिले ‘फेमिन ब्युटी पार्लर’ पुनः सञ्चालनमा ल्याएकी छन्। पुनः सञ्चालनमा आएको ब्युटी पार्लरको वीरगञ्ज…

ByByanjana soni ४ दिन अगाडि

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान स्थापित गर्न रयान राना मगर थाइल्याण्ड प्रस्थान गर्दै!

  काठमाडौं। नेपाली बाल प्रतिभा रयान राना मगर अन्तर्राष्ट्रिय प्रतियोगिता Heritage Gems Nepal, Thailand मा नेपालको प्रतिनिधित्व गर्न…

ByByanjana soni ४ दिन अगाडि

२५औँ पर्सा दिवसमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. लक्ष्मी थापा सम्मानित

  वीरगञ्ज । स्वास्थ्य क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.…

ByByanjana soni ४ दिन अगाडि

अदालतको आदेशपछि पनि रुंगटा परिवारमाथि प्रतिशोधपूर्ण आरोप? अंकितको कानुनी चेतावनी, राजेन्द्रले दिए जग्गा एकीकरणबारे स्पष्टीकरण

अदालतको आदेशपछि पनि रुंगटा परिवारमाथि प्रतिशोधपूर्ण आरोप? अंकितको कानुनी चेतावनी, राजेन्द्रले दिए जग्गा एकीकरणबारे स्पष्टीकरण राजविराज । लेनदेनसम्बन्धी…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *