For Youtvnepal long gif
Image

रुसी आक्रमणमा परी सिरियामा १३ जनाको मृत्यु, बर्षकै सबैभन्दा ठुृलो आक्रामण

 दामाकस, ११ असार । आइतबार उत्तरपश्चिम सिरियामा रुसले गरेको हवाई आक्रमणमा परी दुई बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । 

सो घटनामा परी ३० जना घाइते भएका छन्, जसको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।

रुसले विद्रोही समूहको कब्जामा रहेका क्षेत्रहरूमा आक्रमण गरेको थियो, जुन धेरै ब्यस्त र ठुलो बजार थियो।

बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल रहमानले आइतवारको आक्रमण सिरियामा यस वर्षको सबैभन्दा घातक भएको बताएका छन् । गत हप्ता विद्रोहीहरूले रसियामा ड्रोनबाट आक्रमण गरेका थिए, जसको रुसले सिरिया माथी आक्रामण गरेर प्रतिक्रिया दिएको हो। 

तर, रुसले सिरियाली राष्ट्रपति बसर असादको शासनलाई समर्थन गर्दै आएको छ ।

आक्रमणका क्रममा घटनास्थलमा रहेका साद फातु (३५) पेसाले मजदुर हुन्, उनले आफु बजारमा रहेको बेला उक्त आक्रामण भएको बताए । कारबाट टमाटर र काँक्रो उतार्दै गर्दा उनीमाथि आक्रमण भएको थियो । ‘एक्कासी मेरो अगाडी एउटा चिच्याहट आयो । चारैतिर रगत र चित्कार मात्रै थियो । घाइतेहरुलाई सहयोग गरेको छु । घटनाको बारेमा सोच्दा अनौठो लाग्छ, यो निकै डरलाग्दो दृश्य थियो। रुसले हामीमाथि आक्रमण गरेको छ,’ उनले भने । 

सोही क्रममा अर्का एक व्यक्तिले कालो धुवाँको बादल मात्रै देखेको बताए । त्यसपछि सहरभरी एम्बुलेन्स र एम्बुलेन्सको साइरनको आवाज मात्रै बजिरहेको थियो ।

अब्देल रहमानले रुसले उत्तरपश्चिम सिरियाका दुई फरक क्षेत्रमा आक्रमण गरेको बताए । पहिलो आक्रमण जिसर अल शुगर सहरमा गरिएको थियो, जसमा 
छ जना सर्वसाधारण र तीन विद्रोही मारिएका थिए। 

जबकि, दोस्रो आक्रमण इदलिब शहरको बाहिरी भागमा भएको थियो। इदलिबमा दुई बालबालिका र एक विद्रोहीसहित तीन सर्वसाधारणको मृत्यु भएको जनाईएको छ । सबै विद्रोही तुर्किस्तान इस्लामिक पार्टीका लडाकु थिए। आक्रमणमा परी करिब ३० जना घाइते भएका छन्, जसको हाल स्थानिय अस्पतालमा उपचार भइरहेको छ । मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

Related Posts

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni २ हप्ता अगाडि

Lions District 325P Nepal को Cabinet Schooling Program ले दियो नयाँ नेतृत्वको सन्देश

धुलिखेलस्थित होटल सारथीमा Lions International District 325P Nepal द्वारा आयोजित Cabinet Schooling Program भव्य तथा सफलतापूर्वक सम्पन्न भएको…

ByByanjana soni १ महिना अगाडि

लायन्स ३२५ पीको नेतृत्व कसौधनलाई, मीना पन्थी र अर्चित श्रेष्ठ पनि निर्वाचित

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पीको गभर्नरमा सन्दीप कसौधन सर्वसम्मत निर्वाचित हुनुभएको छ। बुटवलमा शनिवार सम्पन्न निर्वाचनबाट उहाँ…

ByByanjana soni ३ महिना अगाडि

श्री करौली शंकर महादेव महाराज ‘श्री पञ्चायती अखाडा नयाँ उदासीन निर्वाण’ को महामण्डलेश्वर नियुक्त

पर्सा- श्री करौली शंकर महादेव धाम, मिश्री मठका सर्वोच्च प्रमुख श्री करौली शंकर महादेव महाराज ‘श्री पञ्चायती अखाडा…

ByByanjana soni ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *