रुसको बारुद कारखानामा बिष्फोट, ४ जनाको मृत्यु

1.4kViews
0 Shares

मस्को, ६ असार । बारुद बनाउने कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।

मस्कोको दक्षिणपूर्व ताम्बोभ क्षेत्रमा रहेको एउटा गोलाबारुद कारखानाले विष्फोटबारे एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । जसअनुसार कारखानामा मजदुर काम गरिरहेको अवस्थामा सो विस्फोट भएको हो । 

‘सो घटनामा हालसम्म चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्,’ ताम्बोभ गोलाबारुद कारखानाले जारी गरेको बिज्ञप्तिमा भनिएको छ । यसरी मृत्यु हुनेमा 
अधिकांश ठेकेदार कम्पनीका कर्मचारी रहेका छन् ।

ताम्बोभका गभर्नर म्याक्सिम येगोरोभले आतंकवादी हमलाको भने खण्डन गरेका छन्। ठूला अपराधको छानबिन गर्ने छानबिन समितिले सुरक्षा नियम उल्लङ्घन गरेको भन्दै अनुसन्धान थालेको जनाएको छ । 

राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा सेना पठाएदेखि मस्को उच्च सतर्कतामा रहेको छ । र, रूसी क्षेत्र भित्र गहिरो स्थापनाहरूमा धेरै ड्रोन आक्रमणहरू भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय