Image

रिजाल बन्धुुको समावेशी कुलपूजा

काठमाडौं, १४ मंसिर

 प्युठानमा रिजाल बन्धुुको समावेशी कुलपूजा भइरहेकाे छ । पाँच वर्षको अन्तरमा गरिने देवाली यसवर्ष यही मंसिर १२ गतेदेखि सुरु भएको छ । यो मंसिर १५ गतेसम्म सञ्चालन हुनेछ। रिजालबन्धुुहरुको देवाली भए पनि सवै थरका मानिसहरुले बली चढाउन पाउने व्यवस्थाले समेत अन्य देवालीभन्दा यो अलि पृथक र विशेष देवालीको रुपमा हेरिने गरिन्छ। जसलाई एउटै शव्द समावेशी कुलपूजाले सम्बोधन गर्दै आइरहेको पाइन्छ। 

यसरी समावेशिताको आधारमा कुलपूजा गर्ने हुँदा गाउँँमा सवै जाजजातिबीच भाइचाराको सम्बन्ध थप मजवुत गराएको स्थानीय बताउँछन् । लुङ्ग सँंगै मरन्ठाना, मच्छी, विजुवारको  टिकुरी, टारी, खलंगा शिवालय लगायत जिल्लाका विभिन्न स्थानमा रिजालबन्धुु बसाईं सराई गरी बस्ती  बसेका छन्। जिल्ला बाहिर दाङ, नेपालगञ्ज, बर्दिया, दैलेख, चितवनलगायत ठाउँमा समेत ठूलो संख्यामा रिजालबन्धुु परिवार फैलिएको छ। 

आलम जात्रा देवालीको मुख्य आकर्षणको रुपमा मानिन्छ। देवालीको अन्तिम दिन अर्थात् अष्टमी तिथिको दिन सूर्योदयसँगै मूलघरदेखि गौरासम्म आलम प्रदर्शन तथा जात्रा गर्ने गरिन्छ। बाँसको लिगोमा ध्वजाहरु थपिँदै जाँदा यो आलमको स्वरुप बन्दै जान्छ । ध्वजासहित भेटिस्वरुप नगदसमेत उक्त आलममा चढाउने गरिन्छ । कुल व्यवस्थापन समितिका अनुसार करिब एक लाख बढी दर्शक, भक्तालुहरुले उक्त आलम प्रदर्शनको अवलोकन गर्ने जनाईएको छ। 

पञ्चमी तिथिदेखि नै देवाली सुरु हुने हुँदा उक्त दिन देखि नै दैनिक झाँकी तथा अष्टमी तिथि (१५ गते) भर प्रदर्शन हुने झाँकी यहाँको विशेष आकर्षण हो । सप्तमी तिथी (१४ गते ) दिनभर लाग्ने झाँगी कुलघरमा झाँगी प्रदर्शन हुदै बिहानी नहुँदै रातिकै समयमा धामीपुजाराहरु झाँकी प्रदर्शन गर्दै कुलघरदेखि गौरासम्मको यात्रा पश्चात त्यस दिनको मुख्य पुजा सकिन्छ भने नियमित पुजा रातभरनै संचालन भई रहने गर्छ । 

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ६ दिन अगाडि

बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्

बैंक कर्मचारीलाई विश्वासमा पारी करोडौँ ठगी गर्नेहरूको पासोमा फसाइएको दाबी: पीडित कर्मचारीद्वारा गृह मन्त्रालयमा उजुरी वीरगन्ज व्यापारिक प्रयोजनको…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *