रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँट हुँदै

100Views
0 Shares

काठमाडौ,  ३० जेठ । रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ मंगलबार बाँडफाँट हुँदै छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार  मंगलबार अपरान्ह ४ बजे आफ्नै कार्यालय कमलादी काठमाडौंमा बाँडफाँटको तयारी गरिएको छ । 

मागभन्दा १४.८९ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यसमा ११ लाख ६५ हजार ५२६ जनाले कुल १ करोड २७ लाख ६१ हजार ४८० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ६४ हजार ३६६ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ११ लाख १ हजार १६० जनाको भने हात खाली हुनेछ । 

कम्पनीले जेठ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणको लागि ६ लाख ४३ हजार ६६७ कित्ता सेयर निष्कासन गरेको थियो । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले रावाको आइपीओलाई  केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
27°
Sunny
5:29 am7:00 pm +0545
Feels like: 29°C
Wind: 5km/h E
Humidity: 70%
Pressure: 1009.82mbar
UV index: 1
8 am9 am10 am11 am12 pm
31°C
33°C
34°C
35°C
36°C
WedThuFriSatSun
41°C / 25°C
41°C / 26°C
42°C / 27°C
43°C / 28°C
42°C / 28°C

प्रिय न्युज

Uncategorized

४ दिन अगाडि

लोकप्रिय