• Home
  • ताजा समाचार
  • रायमाझीलाई भुसालको शुभकामना सन्देश- युवाहरूलाई खाडीमा बेच्ने होइन, देशमै स्वरोजगार बनाऔं
Image

रायमाझीलाई भुसालको शुभकामना सन्देश- युवाहरूलाई खाडीमा बेच्ने होइन, देशमै स्वरोजगार बनाऔं

काठमाडौं, ८ मंसिर

 अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित टोपबहादुर रायमाझीलाई तेस्रो बनेका हरिप्रसाद भुसालले बधाई तथा शुभकामना दिएका छन् ।

सामाजिक सन्जालबाट शुभकामना दिँदै भुसालले युवा स्वरोगारीलाई ध्यान दिन आग्रह गरेका छन् । भुसालले भनेका छन्. ‘अर्घाखाँचीका जनताको आम्दानीको स्रोत बढाउँदै बलिया पाखुरा भएकाहरुलाई खाडीमा बेच्नेभन्दा पनि जिल्लामै स्वरोजगार बनाउनुछ ।’

जिल्लाको शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय अनि नि:शुल्क बनाएर मात्रै बढ्दो बसाइँसराइ रोक्न सकिने बताउँदै भुसालले सन्धिखर्क गोरुसिंगे सडक स्तरोन्नतिमा ध्यान दिन आग्रह गरेका छन् । 

‘सन्धिखर्क गोरुसिंगे सडक तत्काल स्तरोन्नति गर्नुछ । अस्पताल र विद्यालयको दुरावस्थाका कारण बसाईसराईको सोचमा रहेकाहरुलाई रोक्नुछ ।’ भुसालले भनेका छन्, ‘गाउँमा नै बसेपनि उपचार नपाएर मर्नुपर्दैन भनेर विश्वास आमजिल्लावासीहरुलाई दिलाउनु छ ।’

नेकपा एमालेका केन्द्रीय सचिवसमेत रहेका रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याएर निर्वाचित हुँदा तेस्रो बनेका राष्टिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले ३ हजार २ सय मत प्राप्त गरेका थिए । 
 

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ५ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ५ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *