राममनोहर यादवको ८औं स्मृति दिवसमा जनमत पार्टीद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
By Birgunj
८ महिना अगाडि
Comments: 0
वीरगंज – स्वराज आन्दोलनका प्रथम सहिद राममनोहर यादवको ८औं स्मृति दिवसको अवसरमा आइतबार जनमत पार्टी पर्साद्वारा विभिन्न स्थानमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ।
वीरगन्जको बेलका घन्टाघरमा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको अगुवाइमा दीप प्रज्वलन गरिएको कार्यक्रममा केन्द्रिय सदस्य रम्भा मिश्रा, श्याम शंकर चौरसिया, राहुल रौनियार, नजमा खातुन, प्रदेश सदस्य राजनारायण मिश्र, महानगर अध्यक्ष महादेव शर्मा, सचिव लोकेश कर्ण, तथा नेताहरू डा. मनोज सरार्फ, अन्जना गुप्ता, नितम गिरि, शशी देव यादव, संजय सरार्फलगायतको उपस्थिति रहेको थियो।
यस अवसरमा पर्सा जिल्लाका ग्रामीण पालिकाहरूमा समेत विभिन्न चौकहरूमा मैनबत्ती बालेर श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष सरार्फले जानकारी दिए। साथै, देशभर जनमत पार्टीका संगठनहरूमार्फत स्मृति दिवसका कार्यक्रमहरू सम्पन्न भएको पनि अध्यक्ष सरार्फले बताए।
जनमत पार्टीले सहिद यादवको योगदानको स्मरण गर्दै हरेक वर्ष यो दिवसलाई स्मृति दिवसका रूपमा मनाउँदै आएको छ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि