• Home
  • शेयर बजार
  • राधी विद्युतको २९ कात्तिकदेखि १३ लाख कित्ता सेयर लिलामी खुल्दै
Image

राधी विद्युतको २९ कात्तिकदेखि १३ लाख कित्ता सेयर लिलामी खुल्दै


काठमाडौं, २२ कात्तिक। राधी विद्युत कम्पनीले २९ कात्तिकदेखि सर्वसाधारण समूहको १३ लाख ५२७ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको छ ।लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । लिलामी भर्ने अन्तिम म्याद मंसिर ७ गतेसम्म तोकिएको छ । यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

राधी विद्युतले गत असोज ५ गतेदेखि १४७५ हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले असोज ५ गतेबाट २५ गतेसम्म कुल ९५ लाख ३५ हजार ७६०।९९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याउन लागेको हो ।

यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नारायणचौर, नक्साल, काठमाडौंबाट आवेदन दिन सकिनेछ । यसैगरी, मुक्तिनाथ विकास बैंक लिमिटेडका शाखा कार्यालयहरु ठिमी, कामारीपाटी,इटहरी, विराटनगर,इलाम, विर्तामोड, विरगंज, जनकपुर, नारायणगढ,हेटौँडा,पृथ्विचोक– पोखरा, बाग्लुङ्ग, बुटवल, नेपालगन्ज, घनगढी, तुल्सीपुर, सुर्खेत र महेन्द्रनगरबाट पनि आवेदन दिन पाइनेछ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ५ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ५ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni ७ दिन अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni ७ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *