‘राजविराजका महिलाहरूको हक र अधिकारका लागि लड्छु’||ममता झा

900Views
0 Shares

 

पहिलो पटक चुनावी मैदानमा होमिएको जनमत पार्टी आफैमा नयाँ छ । पूर्वी तराईमा निकै राम्रो पकड बनाउँन सफल भएको यो पार्टीका संयोजक डाक्टर सिके राउत छन् । सिके राउतको आफ्नै राजनीतिक इतिहास पनि छ । सप्तरी राजविराज नगरपालिकामा यस पार्टीले मेयर र उपमेयरको रूपमा महिलालाई अगाडी सारेको छ । त्यसैले पनि यस क्षेत्रमा जनमत पार्टी के गर्ला भन्ने आम जनमानसमा निकै नै चासोको विषय बनेको छ । चुनावी मैदानमा होमिनुभएकी जनमत पार्टीकी सप्तरी राजविराज नगरपालिकाकी मेयरको उम्मेदवार ममता झासँग चुनावकै सोरोफोरमा रहेर गरेको कुराकानीः

राजनीति मै किन होमिनु भयो त ?
राजनीतिमा सानैदेखि नै लगाव थियो । समाजमा भएको विभेदको बारेमा मैले आफ्नो बुबालाई भन्ने गर्थे । यो समाजमा भएको हरेक गरिबलाई पैसा दिनुपर्छ । तर मेरो बुबा भन्नुहुन्थ्यो, ‘यो समाजमा पैसा दिएर मात्र पनि समस्याको समाधान हुन सक्दैन ।’ अधिकार पनि आवश्यक पर्ने भएकोले म राजनीतिमा होमिएकी हुँ । वुबा भन्नुहुन्थ्यो ‘राजनीतिमा हामिएपछि ठूलो ठूलो विकासको कार्य पनि गर्न सक्छौं ।’ सबैभन्दा पहिला टोल, गाँउ त्यसपछि नगर, जिल्ला हुँदै हामी राष्ट्र सम्म पुग्न सक्छौं । मेरो बुबा पनि राजनीतिज्ञ हुनुहुन्थ्यो । साही प्रेरणाबाट म पनि राजनीतिमा आएकी हुँ ।

भावी मेयरको रूपमा आफुलाई कसरी सक्षम सावित गर्नुहुन्छ ?
मैले राजनीति गरिरहेको थिए । अन्य पार्टीको क्रियाकलाप मलाई चित्त बुझ्दो लागेन । सिद्धान्त अर्कै र व्यवहार अर्कै । त्यसैले म जनमत पार्टीतर्फ आकर्सित भए । तराईमा भएका शोषित, जनजाति, उत्पीडन बर्गको वकालत जुन तरिकाले हुनुपर्ने थियो सोही अनुसार भएकै थिएन । त्यसैले म त्यसवखत राजनीतिबाट टाढा र जनतासँग घुलमिल भईरहेको थिए । यसै क्रममा डाक्टर सिके राउत जो बैज्ञानिक, बिद्धान तथा आफ्नो पेशाको साथै सेवा सुविधाहरू छोडेर यही शोषित पिडित, जनजातिहरूको लागि केही गरौं भन्ने चाहना लिएर यहाँ आउनुभयो त्यो वास्तममा सार्थक थियो । यस्ता उत्पीडन बर्गको लागि केही गरौं, अरुबाट हैन निति तथा कानुन परिमार्जनबाटै गरौं भन्ने विषेश जनमत लिएर आउनुभएको छ ।

यो समग्र तराईबासीका लागि हर्षको कुरा हो । जनमत पार्टीको मुख्य कार्य नै शोषित र पिडितको जिवनस्तरलाई माथि उकास्ने छ भनिसकेपछि म यस पार्टीसँग प्रभावित भए । कोभिडको समयमा खानपान र स्वास्थयोपचारमा पनि पनि मैले सम्पूर्ण नगरवासीलाई सक्दो मद्दत गरे । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरू मार्फत ल्याएको रासनले पनि नपुगेपछि मैले व्यक्तिगत तर्फबाट पनि सक्दो सहयोग गरे ।

साँचिकै भन्ने हो भने त्यसवखत अन्य कुनै राजनीतिक दलहरूले सहयोग नै गरेनन र म राजनीतिबाट टाढै बसेकी थिए । तर पछि जनमत पार्टीको अध्यक्ष सिके राउतको वैज्ञानिक भिजनबाट म प्रभावित भए । वास्तवमा भन्ने हो भने अझैसम्म पनि महिलाहरू पीडित नै छन् । जबसम्म महिलाको विकास हँुदैन, तबसम्म देशको विकास हुन सक्दैन । यो कटु यथार्थ हो । त्यसै अध्यक्ष स्वयंमले तपाईजस्तो राजनितिक चेत भएको र समाजमा केही गर्न सक्ने निडर महिला एउटा नेतृत्वदायी भूमिकामा पुग्नुपर्छ भनेपछि मैले मेरो उम्मेदवारी पेश गरेकी हुँ ।

त्यतिमात्र नभई उहाँले मेयर–उपमेयरमा नै महिला जन प्रतिनिधिको लागि उम्मेदवार बनाउँनु भएको छ । यति गरेपछि उहाँले महिलाको लागि पनि केही विचार गर्नु भएको रहेछ भन्ने विश्वास लागेको छ । वर्तमानमा विगतको जस्तो महिला उपमेयर रहने व्यवस्थामा नै परिवर्तन भएको छ । मेयर–उपमेयर दुवैमा महिला उम्मेदवारको टिकट दिनु पार्टीका अध्यक्षको महिलाप्रतिकै सम्मान हो । यसो गर्दा उहाँले महिलावर्गको उत्थान र प्रोत्सानको लागि केही सोच्नुभएको रहेछ भन्ने प्रष्टै बुझिन्छ ।

चुनाव प्रचार–प्रसारमा निकै नै धेरै रकम खर्चिनुपर्ने बाध्यतालाई तपाईले कसरी लिनुभएको छ ?
जनमत पार्टी, भखरै उदाउँदै गरेको पार्टी हो । त्यसमा पनि हाम्रो अध्यक्षले सम्पूर्ण काम परित्याग गरि मुलधारको राजनितिमा आएको त्यती धेरै लामो समय भएको छैन । त्यसैले खर्चको मामिलामा हामीलाई पार्टीले जति दिएको छ त्यसमा नै हामी लड्छौं । अर्थको मामिलामा हाम्रो प्रष्ट धारणा छ । पार्टीले जतिसम्म गर्न सक्छ हामी त्यतीनै गर्छौ । चुनाव लड्छौँ । मेरो विचारमा राजनिति कुनै लगानी होइन । आज लगानी गर्ने र जितेपछि लगानी उठाउने जुन परिपाटी नेपालको राजनितिमा छ त्यो अन्त्य गरिनुपर्छ । हामीले आफ्नो क्षेत्रको जनतालाई यहि भन्दै आएका छौं । पैसा दिएर भोट किन्नेलाई भोट नदिन पनि हामीले यहाँका स्थानीयलाई आग्रह गर्दै आइरहेका छौँ ।

तपाईलाई त्यहाँ चुनाव लड्न र विजयी बन्न निकै ठुलो चुनौती देखिन्छ नि ?
मधेशमा जनजाती र दलितको अवस्था निकै नै नाजुक छ । यस्ता अत्यन्तै पीडित वर्गलाई हेरिने नजरमा परिर्वतन आवश्यक छ । यसमा खासगरी ठुला पार्टीहरूको ध्यानै पुगेको छैन भन्दा पनि फरक नपर्ला । यस्तोमा डा. सिके राउतले भखरै स्थापना गरेको जनमत पार्टीलाई विश्वास गर्नेहको जमात छ । जनमत पार्टीले यहाँ साना–साना अत्यन्तै सम्वेदनशिल व्यवहारिक समस्याहरूलाई सुझाउने प्रयत्नमा लागेको छ । त्यसले गर्दा पनि यहाँका मतदातामा जनमत पार्टीले एक किसिमको विश्वास दिलाउन सफल छ । त्यसैले पनि हामी अगाडी आउँन सक्छौं भन्ने लागेको छ ।

यस नगरमा तपाईले नै चुनाव जित्छु भन्ने आधारहरू के–के हुन ?
राजविराज नगरपालिका जेठो नगरपालिका हो । जब काठमाडौं महानगरपालिका स्थापित भयो, त्यसवखत यो पनि निकै चर्चित नगरपालिकाको रूपमा स्थापित भयो । तर पनि राज्यको उपेक्षामा यो नगरपालिका पर्याे । राजविराज नगरपालिकामा लामखुट्टेको समस्या ठुलो छ । हुन त यो सुन्दा सामान्य समस्या भएपनि यहाँका जनताको लागि सबैभन्दा ठुलो समस्या हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय