• Home
  • ताजा समाचार
  • राजनीतिक दलहरु बीचको सहमतिले शहिदहरु प्रतिको सम्मान हुने राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको भनाई
Image

राजनीतिक दलहरु बीचको सहमतिले शहिदहरु प्रतिको सम्मान हुने राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको भनाई

काठमाडौं । फगुन ७ गते
प्रजातन्त्रकै जगमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको भनाई छ । आज ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्बिको शुभकामना व्यक्त गर्दै तिमिल्सिनाले राज्यशक्तिको स्रोत जनता हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई हामीले स्थापित र कार्यान्वयन गर्न सकेको बताउनु भएको छ  । उहाँको शुभकामना सन्देशमो वीर सहिदको बलिदानबाट जहानिया राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना गर्न सफल भएकोले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय रहेको उल्लेख गरिएको छ ।

प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षको मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उहाँले बताउनु भएको छ । ‘विकसित र समृद्ब नेपाल निर्माणका लागि राष्ट्रिय एकता आजको आवश्यकता भएको तर सङ्‍कीर्ण स्वार्थका लागि जे–जस्ता गतिविधि भइरहेकाले त्यस्ता प्रवृत्ति प्रति सम्पूर्ण राजनीतिक दलहरु र आम नेपाली जनता सजग र सचेत हुन आवश्यक रहेको उहाको भनाई छ ।

व्यक्तिगत र दलगत सङ्‍कीर्ण स्वार्थ त्यागेर राष्ट्र निर्माणको महान अभियानका लागि सबै राजनीतिक दलहरु बीचको सहमतिले शहिदहरु प्रतिको सम्मान हुने उहाँले बताउनु भएको छ । २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्‍कुस राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *