• Home
  • ताजा समाचार
  • राजकिशोर यादवले सिमलतालको पहिरोमा परी त्रिशूलीमा बेपत्ता बसको बारेमा चिनियाँ राजदूत छन सोङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत
Image

राजकिशोर यादवले सिमलतालको पहिरोमा परी त्रिशूलीमा बेपत्ता बसको बारेमा चिनियाँ राजदूत छन सोङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले सिमलतालको पहिरोमा परी त्रिशूलीमा बेपत्ता बसको बारेमा चिनियाँ राजदूत छन सोङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएको बताएका छन्।

उनले भारतबाट हराएका बस र यात्रुहरु खोज्नका लागि आएको गोताखोर टोलीका बारेमा चिनियाँ राजदूतले दिएको टिप्पणी दुर्भाग्यपूर्ण रहेको बताएका हुन्। उनले नेपाल र चीनको बीचमा कसरी राम्रो सम्बन्ध बनाउन सकिन्छ? भन्ने मात्रै अधिकार राजदूतलाई हुने भन्दै नेपालको आन्तरिक मामिलामा टिप्पणी गर्ने कुरा सह्य नहुने बताए।

उनले यस्ता टिप्पणीले दुई देशबीचको सम्बन्धमा दरार उत्पन्न गराउने बताए। सभापति यादवले राजदूतले आफ्नो पदीय मर्यादाभन्दा बाहिर गएर आचरण गरेको उल्लेख गरे।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सो विषयमा गम्भीर भएको भन्दै समितिले परराष्ट्र मन्त्रालयसँग जानकारी माग्ने बताए। उनले नेपालको आन्तरिक मामिलामा मित्रराष्ट्रका राजदूतहरुले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु नेपालीहरु सह्य नहुने बताए। मन्त्रालयसँग सो बारेमा जानकारी लिएपछि समितिले आवश्यक निर्देशन दिने पनि बताए।

उनले भने, ‘नेपालमा दुर्भाग्यपूर्ण दुर्घटना भयो। त्यो दुर्घटनामा जो बेपत्ता मान्छेहरु र सँगैसँगै दुई वटा बस हराइरहेको छ। त्यसलाई अहिले पनि नेपाल सरकारले खोज्ने कार्यमा व्यस्त रहेको छ। सँगै नेपालले आफ्ना मित्र राष्ट्र अरुसँग पनि सहयोग मागेको स्थिति छ। त्यसमा भारतबाट खोज्ने टोली आएको र त्योसँग सम्बन्धित भएर नेपालका लागि चिनियाँ राजदुतले त्यसरी टिप्पणी गरेको छ। त्यो दुर्भाग्यपूर्ण हो। एउटा राजदुतले आफ्नो पदीय मर्यादाभन्दा बाहिर गएर आचरण गरेको देखिन्छ। यसको बारेमा वास्तवमा हाम्रो समिति गम्भीर भएको छ। नेपालको आन्तरिक मामिलामा हाम्रा मित्रराष्ट्रका राजदूतहरुले यसरी टिकाटिप्पणी गर्नु राम्रो होइन, गर्नु हुँदैन। यो नेपालको आन्तरिक मामिलामा हस्तक्षेपका रुपमा बुझेका छौँ।’

राजदूत सोङले सिमलताल पहिरोमा बेपत्ता मानिस र बस खोज्न छिमेकी देश भारतबाट आएको गोताखोर टोलीप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए।

उक्त विषयलाई लिएर संसदमा पनि सांसदहरुले आवाज उठाइरहेका छन्। राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्नुपर्ने माग सांसदहरुको छ।

Source :- Newsportal

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni १ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni २ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ४ दिन अगाडि

बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्

बैंक कर्मचारीलाई विश्वासमा पारी करोडौँ ठगी गर्नेहरूको पासोमा फसाइएको दाबी: पीडित कर्मचारीद्वारा गृह मन्त्रालयमा उजुरी वीरगन्ज व्यापारिक प्रयोजनको…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *