Image

रत्नराज्यमा झडप : ४ जना विद्यार्थी नेता घाइते

काठमाण्डाै पुस १३

 काठमाण्डाैको प्रदर्शनीमार्गमा रहेकाे रत्नराज्य क्याम्पसमा अखिलका विद्यार्थीबीच झडप हुँदा ४ जना विद्यार्थी नेताहरु घाइते भएका छन् ।

स्ववियु चुनावको विषयमा विद्यार्थी संगठनका नेताहरुबीच झडप हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीमाथि खुकुरी प्रहार भएको विद्यार्थी नेताहरुले बताएका हुन् । रत्नराज्य क्याम्पसको अनेरास्ववियूका विद्यार्थी नेताहरुमाथि खुकुरी प्रहार हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीसहित कमिटीका उपाध्यक्ष लोकेश खड्का, सदस्य हर्क बोहरा र अनेरास्ववियु नेता रवि मगरलगायत घाइते भएको आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्रबहादुर शाहीले बताउनुभयो । उहाँले अध्यक्ष भण्डारीको अवस्था भने चिन्ताजनक रहेको बताउनुभयो । घाइतेहरुको अहिले काठमाण्डाै मोडेल अस्पतालमा उपचार भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आरआर क्याम्पस अनेरास्ववियुको अध्यक्ष मदन भण्डारीको खुकुरी हानेर गम्भीर अवस्था छ । कमिटीका उपाध्यक्ष लोकेश खड्का, हर्क बोहरा, रवि मगर लगायतका साथीहरु मेलमिलाप गराउन जाँदा उहाँहरुमाथि नै खुकुरी प्रहार भयो । यिनीहरुलाई राज्यले छोड्नु हुँदैन । उनीहरुलाई पढीरहेका छन् भने निलम्बन गर्ने, छैनन् भने पनि कारबाही गर्ने कुरा अघि बढाउने छौँ । ४ जना समातिएका छन्, एकजना द्रुतराज लामा भन्नेले हान्यो भन्ने नाम आएको छ । आरआर क्याम्समा छैनन्, कुनै कमिटीमा छैनन् ।’

सभापति शाहीले खुकुरी प्रहार गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको र उनीहरु आरआर क्याम्पसका विद्यार्थी संगठनमा नरहेको पनि बताउनुभयो । उहाँले आरआरमा खुकरी प्रहार गर्नेहरु रहेको खण्डमा निलम्बन गर्ने पनि बताउनुभयो । 

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १६ घण्टा अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १८ घण्टा अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni ३ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *