• Home
  • अर्थ
  • रकम हिनामिना गर्ने वन अधिकृतसहित ६ विरुद्ध अख्तियारको उजुरी
Image

रकम हिनामिना गर्ने वन अधिकृतसहित ६ विरुद्ध अख्तियारको उजुरी

काठमाडौं, १३ वैशाख

मुगुको सोरु गाउँपालिका-१ जवलधारादेखि काछसम्मको पदमार्ग निर्माण नै नगरी रकम भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

पदमार्ग निर्माणनै नगरे पनि बिल बनाएर आठ लाख ८७ हजार ६ रुपैयाँ अनियमितता गरेको आराेपमा ६ जनामाथि आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले डिभिजन वन कार्यालय मुगुका अधिकृत भरतबहादुर बुढथापा, सब–इन्जिनियर गोरसिंह बढुवाल, असिस्टेन्ट सब–इन्जिनियर रवीन्द्र शाही, पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष बास्तोला शाही, सचिव बिसु नेपाली र कोषाध्यक्ष हरिबहादुर शाहीमाथि मुद्दा दायर गरेको हाे ।

बढी मुल्यांकन गरी झुठ्ठा बिल बनाई योजनाकाे विनियोजित रकम पुरै भुक्तानी दिई सरकारी रकम हिनामिना गरेको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा मुगु सोरु गाउँपालिका-१ काे काछदेखि छोटासम्मको पर्यटक पदमार्ग निर्माणको लागि डिभिजन वन कार्यालय, मुगुबाट आर्थिक वर्ष २०७५/०७६ मा विनियोजित रकमबाट उक्त कार्य गर्ने क्रममा लागत इस्टिमेटमा उल्लेख गरेअनुसार काम नगरी, भएको कामभन्दा बढी परिमाण उल्लेख गरी नापी किताब, भुक्तानी बिल तयार गरी, फिल्डमा काम नगरी बढी रकम भुक्तानी लिनेदिने काम गरी रकम हिनामिना गरी सरकारी वा सार्वजनिक सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी पुर्‍याइएको हुँदा मुद्दा दायर गरिएको आयोग जनाएको छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *