• Home
  • खेलकुद
  • यू-१९ राष्ट्रिय क्रिकेटमा लुम्बिनीको चौथो जित, प्रदेश १ पराजित
Image

यू-१९ राष्ट्रिय क्रिकेटमा लुम्बिनीको चौथो जित, प्रदेश १ पराजित

१५ मंसिर, काठमाडौं

 प्रदेश नम्बर १ लाई ६ विकेटले पराजित गर्दै लुम्बिनी प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा चौथो जित हात पारेको छ ।

लुम्बिनीका बलर निर्मल गुरुङले आक्रामक बलिङ गर्दै ५ विकेट लिएको खेलमा प्रदेश १, २६.२ ओभरमा ६९ रनमा अलआउट भएको थियो ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रदेश १ का लागि ओपनर सुभान गहतराजले सर्वाधिक २२ रन बनाए ।

उनले २२ बल खेल्दै ३ चौका प्रहार गरे । तेस्रो क्रमका ब्याटर इस्टेन रिजालले ६८ बल खेल्दै १९ रन बनाए । त्यसबाहेकका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन नसक्दा प्रदेश १ सस्तैमा आउट भएको हो ।

लुम्बिनीका लागि निर्मल गुरुङले ४.२ ओभर बलिङ गर्दै सर्वाधिक ५ विकेट लिए । अर्का बलर दुर्गेश गुप्ताले ७ ओभर बलिङ गर्दै १ मेडन सहित २१ रन खर्चेर २ विकेट लिए ।

प्रदेश १ ले दिएको ७० रनको सामान्य लक्ष्य लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । लुम्बिनीका लागि देव खनालले सर्वाधिक १९ रन बनाए । उनले ३९ बल खेल्दै २ चौका प्रहार गरे । अर्का ओपनर आकाश त्रिपाठीले १७ रन बनाए । प्रज्वल ओलीले ११ बल खेल्दै २ चौकाको साहयतामा १५ रन जोडे । सुनिल भण्डारी र विशाल भुषाल ६ र ८ रनमा अविजित रहे ।

प्रदेश १ का लागि दिपेश कंडेलले छ ओभर बलिङ गर्दै १ मेडन सहित १९ रन खर्चेर ३ विकेट लिए । विपिन महतोले १ विकेट लिए ।

आफूले खेलेका सबै ५ खेल जितेको सुदूरपश्चिमको १० अंक छ । बागमती ५ खेलमा ४ जित सहित ८ अंकका साथ रनरेटका आधारमा दोस्रो स्थानमा छ । लुम्बिनी समान खेलमा समान अंक भएता पनि रनरेटका आधारमा तेस्रो स्थानमा छ । ७ टिम सहभागी प्रतियोगिताको शीर्ष २ मा रहने टिमले फाइनल खेल्ने छन् । अन्य चार प्रदेश भने बाहिरिसकेका छन् ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *